२०८१ श्रावण १२
                           

विश्वकप फुटबलको छनोट खेलमा नेपालले आज युएईसँग खेल्ने 

२४ जेठ । फिफा विश्वकप फुटबल अन्तर्गतको छनोट खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ । नेपालले घरेलु मैदानमा खेल्नु पर्ने भएपनि दशरथ रङ्गशाला खेल्न अयोग्य भएपछि साउदी अरबमा खेल्नु परेको हो ।

यसअघि यूएईसँगको पहिलो लेगमा नेपाल ४–० ले पराजित भएको थियो । छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले आउँदो मङ्गलवार साउदीमा नै खेल्नेछ । नेपालले यसअघि रङ्गशालाकै खराब अवस्थाका कारण बहराइनसँगको दुवै खेल उस्कै मैदानमा खेलेको थियो । विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समूह चरणका चारै खेल हारेको छ ।

प्रतिक्रिया दिनुहोस्