२०८१ श्रावण १२
                           

कुविण्डेको जनजाती सञ्जालको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुपाल्चोक ,४ वैशाख
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। ४ कुविण्डेको जनजाती सञ्जालको अध्यक्षमा जय बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

सोमबार वडा अध्यक्ष कुमार शर्माको अध्यक्षतामा सम्पन्न वडा स्तरीय भेलाले सञ्जालको अध्यक्षमा श्रेष्ठ सहित उपाध्यक्षमा होमादेवी श्रेष्ठ, सचिव दिलिप तामाङ, सहसचिवमा राजु श्रेष्ठ, कोषध्यक्षमा विमला श्रेष्ठ सहित १३ सदस्यीय समिति निर्वाचित गरेको हो ।

निर्वाचित टिमलाई खादा माला लगाएर बधाई दिदैँ वडाध्यक्ष कुमार शर्माले वडाले सकेको सहयोग गर्न सधै तत्पर रहेको विश्वास समेत दिलाउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तामाङ घेदुङका सल्लाहाकार उजारसीं तामाङले जनजातीहरु एक भएर आफ्नो हक र अधिकारको लागि अग्रसर भएर लाग्नुपर्ने बतानुभयो ।

यस्तै नगर स्तरीय जनजाती सञ्जालका अध्यक्ष मिलन लामाले जनजातीहरु पछाडी परिरहेको संदर्भमा अब नेतृत्व विकास गरेर अगाडी बढनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्