Category: कला / साहित्य

कविता -अनपढ प्रकृति

-अनपढ प्रकृति यि भुँइका सुकिला धुलोहरुले कहिल्यै गुनासो गरेनन् माथि माथि उड्ने बादलको मुश्लासँग बरु त्यही बादल फाटेर झरेको झरीले चुपचाप भिजिदिन्छ निथ्रुक्क यि वृक्षहरुले कहिल्यै कुनै यामसँग गुनासो गरेनन् वृक्षहरु अनुसारको ऋतु उनीहरुको जिवनमा कहिल्यै भएन बरु ऋतु अनुसारकै भई दिइ रहन्छ यि सम्पूर्ण वृक्षहरु पनि पवनले समाजको सुगन्धसँगै बोकी हिड्छ नमिठो दुर्गन्ध पनि […]

प्रकृति

प्रकृति (कबिता)

रमेश सापकोटा- सिम सिम पानीको न आकार् न आकृति तै पनि यी बादलका कणहरु निस्फिक्री हाम्रा आगानिमा सिंचित भैरहेका छन् । निखार सेतो आकास बाट अमृत जस्तै अनमोल ति कोमल बर्षाको शरणमा हाम्रा बैजनी फूलका आकारहरु स्वरूप फेर्नमै व्यस्त छन् ।। सुर्यको तातो प्रहारमा न्यानोपन लाइ अगाल्दै अंकुरण हुन खोज्दै गरेको हाम्रो अमुल्य प्रकृति अझै […]

कबिता – आगत

कविता “आगत” गन्तव्य बिर्सेर अल्मलिएको यात्रु जस्तो मेलामा हिड्न नजानेर खेतको छेऊ कुना गरिरहने नदाइएको बहर गोरु जस्तो साँढेको जुधाई बाच्छाको मिचाई चलिरहने यो देशको हबिगत हेरेर म कसरी भनुँ आगत यस्तो हुन्छ भनेर । सत्ताको भत्ता नपचेर पैंठेजोरी गरिरहेका शक्तिको दम्भ प्रदर्शन गर्दै कुर्सी ढाल्न र फाल्न सिँगौरी खेलिरहेका ती साँढेहरुको जमात हेरेर म […]

मुक्तक

मुक्तक तोडिएको विश्वासमा सम्बन्ध जोड्न सकिन्न जसरी फुटेका काँचका टुक्रा जोड्न सकिन्न हजारौंको भिडमा तिमीलाई रोज भन्छौं तर बुझिराख हेर्दाहेर्दै फुटेको एेना जोड्न सकिन्न घरिघरि दुश्मनलाई दाउ दिन नआउ तिमी बिनाकारण सधैं मलाई घाउ दिन नआउ तिमी बेचैनी यो के का लागि व्यर्थ तिम्रो साथपनी ढोग्दिन म तिम्रो चरण पाउ दिन नआउ तिमी स्वार्थ बिनाको […]

मुक्तक-रस्मिला खत्री

मुक्तक; सर्वगुण सम्पन्न मान्छे बिग्रिन एक सेकेन्ड लाग्दैन बनिसकेको राम्रो घर भाँडिन एक सेकेन्ड लाग्दैन पैसा ,पावर र धनदौलत को घमण्ड नदेखाउनुस् महोदय यहाँ करोडपति रोडमा आउन एक सेकेन्ड लाग्दैन आज समय तिम्रो भयो भोलि मेरो पालो आउँछ आज दिन तिमो थियो भोलि मेरो पालो आउँछ पृथ्वी र समय को चक्र न हो,पालो सबकोआउँछ आज […]

प्रतिबन्ध (कविता)

– कृष्णसेन इच्छुक हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ– गाउन त गाऊ तर यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौँ हाम्रा विचारमा प्रतिबन्ध लाउँदै हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै तिमी भन्छौ– लेख्न त लेख तर यो गीत नलेख हामी भने त्यही गीत लेखिरहन्छौँ हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै हाम्रा खुट्टाहरूमा नेल भिराउँदै […]

मुक्तक-रस्मिला खत्री

मुक्तक हामी विद्यार्थी हौं ,हाम्रो माग तिमी के सुन्थेउ हामी जनता हौं ,,हाम्रो माग तिमी के सुन्थेउ चाहे बिद्यालय बन्द होस या भविष्य धकेलियोस् तिमी सरकार हौ ,,हाम्रो माग तिमी के सुन्थेउ तिमीलाई सत्ता प्यारो छ हामीलाई सत्य तिमीलाई शासन प्यारो छ हामीलाई सत्य हामी अन्याय सहन्नौ तिमी न्याय सहन्नौ तिमीलाई पद प्यारो छ हामीलाई […]

गजल- सुशिला श्रेष्ठ

गज़ल कदापी भन्दिन मेरो लागी अनेक थरी दिनु यत्ति भन्छु मायामा विश्वासघात नगरी दिनु मालिक म भर्खरै भकारो सोरेर आएकि हुँ कृपया दाग लाग्न सक्छ अलि पर सरि दिनु बाँचुन्जेल मिठो खान्छु भन्दा जोगाएर राख्यो उसलाई चितामा मुर्दाहरुले खाना पेट भरी दिनु वल्लो किनारमा बसि उपल्लो किनार पर्खिरहेछु आउनुहोस् कोहि म सँगै यो हिमनदी तरि […]

हाँसो छैन आँशु मात्र

“हाँसो छैन आँशु मात्र…….” सार्वजनिक (भिडियो सहित)

चौतारा/ मूलुकको तत्कालिन र आजपर्यन्तको समाज र परिवेशलाई चित्रण गरिएको गीत “हाँसो छैन आँशु मात्र…….” को म्यूजिक भिडियो बैशाख ३० गते सार्वजनिक भएको छ । मूलुकमा कामको सम्भावनाहरु नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलव्धि हाँसिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक काम गर्न थालेको कथावस्तुलाई भिडियोमा देखाईएको छ । रेडियो नेपालका मूख्य कार्यक्रम अधिकृत […]

आमा -गजल

गजल तिमी मेरो जिन्दगी समेट्ने खत हौ आमा! घरको भित्तोमा बुबा, तिमी छ्त हौ आमा! हरेक कदममा फूल बिछ्याइएर मेरो लागि, सुन्दर संसार बनाउन दिने मद्धत हौ आमा! कसरी हुन सक्छ भगवानसँग तिम्रो तुलना, भगवान बिस्वास तिमी हकिकत हौ आमा! भिडमा पनि छातिमा राखि दुध पिलाऊछिन आमा नानी भोकै छ त, लाज पनि भुलिदिन्छिन आमा!

No more posts