२०८१ श्रावण १२
                           

घुम्न जाँउ दशैमा: यी हुन सिन्धुपाल्चोकका गन्तव्यहरु

पासाङ लामा ह्योल्म,असोज १२–पछिल्लो समयमा नेपालीहरुलाई विदाको दिन घुम्न जाने वा घुम्नको लागी समय छुट्टाउने सँस्कृतिको विकास भएको पाइन्छ । उच्च पहाड,हिमाल, झरना जस्ता नयाँनयाँ ठाँउमा साथीभाई परिवार सगै घुमेका तस्विर भिडियोहरु सामाजिक संजालमा प्रशस्त भेटिन्छन् । कामधन्दा बाट पाउने यो लामो समयको विश्राम, नयाँ परिवेश, नयाँ जिवनशैली सगँ घुलमिल गर्न र मौसमको हिसाबले पनि एकदमै रमाईलो दशैको समय हो ।

देशको राजधनि काठमाडौ बाट नजिकै पर्ने छिमेकी जिल्ला सिन्धुपाल्चोक पनि एक आकर्षक गन्तव्यले भरिभराउ जिल्ला हो । हिड्न मन पराउने पर्यटकका लागी हिमाली वातावरणका साथै धार्मिक स्थलको दर्शन गर्न पनि सकिने यहाँ दर्जनौ ठाँउहरु छन् । थोरै खर्च, छोटो समयमा घुम्न सकिने आकर्षक गन्तव्यहरुको थोरै चर्चा गरौ ।

पाँचपोखरी:

पाँचपोखरी थाङ्पाल गाँउपालिका ३ भोताङ स्थीत समुन्द्री सतह देखी ४ हजार २०० मिटर उचाईमा रहेको यस पोखरी धार्मिक र पर्यटकीय दृष्टिले एमदमै महत्वपूर्ण मानिन्छ । कुनै समय जनैपूर्णिमाको मेलामामात्रदर्शन गर्न दर्शनार्थीको घुईचो लाग्ने पाँचपोखरी अहिले बाह्रै महिना पर्यटकहरु घुम्न र दर्शन गर्न आउने गर्दछन् ।मनमोहक पाँच वटा कुण्ड, लेकाली हावापानी, जुगल हिमश्रृंखलाका सुन्दर दृश्य, सदाबहार बगीरहने ईन्द्रवतीले पर्यटकहरुलाई थप आनन्दित र रोमञ्चक बनाउँछ ।

काठमाडौ बाट छोटो दुरीमापर्ने यस स्थल ट्रेकिङका लागी उत्कृष्ट मानिन्छ । काठमाडौ बाट मेलम्ची हुँदै भोतङ छुम्ती सम्म एक दिने गाडि यात्रा गरेर देउरालीवा टुप्पी डाँडामा बास बस्न सकिन्छ । भोलि विहान पल्ट पैदल यात्रालाई निरन्तरतादिदै नोस्याम पार्टिमाबास बस्न सकिन्छ । दुरीलाई छोट्याउदै दोस्रो दिनमै पनिपाँचपोखरी पुग्न सकिन्छ ।यसरी चार दिन या पाँचदिनमापाँचपोखरीको यात्रा सफलबनाउन सकिन्छ । पाँचपोखरी सम्मको यात्रामाखानपिन र बसोबासकालागीहोटल लजको अहिले राम्रो व्यवस्था रहेको छ । यात्राको समयलाई थपगरि घुम्नेहरुकालागीभने यहाँ बाट तिनपोखरी, तिलमानपास हुँदैै लाङ्टाङ क्यान्जिङ गुम्बापनिपुग्न सकिन्छ । तर यस यात्रामापाँचपोखरी देखीमाथीहोटल लज र बासस्थानको व्यवस्था नरहेको खानपिन र वसोबासको प्रर्बन्द्ध आफैले व्यवस्था गर्नुपर्ने हुन्छ ।

आमा याङ्ग्री:

पाँचपोखरी थाङ्पालगाँउपालिका र हेलम्बु गाँउपालिकाको सिमानामा पर्ने यस चुचुरो समुन्द्री सतहबाट ३ हजार ८ सय मिटर उचाईमा रहेको छ । धार्मिक आस्थाबोकेको यस चुचुरो बाट लाङ्टाङ, दोर्जे ल्हाक्पा, गाङ्चेम्पो, फुर्पा ज्याजुङ जस्ता दर्जनौ हिमालका दृश्यहरु देख्न पाईन्छ । काठबाडौ बाट मेलम्चीहुँदै हेलम्बु वापाँचपोखरी गाँउपालिकाहुदै ज्योमोथाङ् सम्म गाडिको यात्रा गर्न सकिन्छ । ज्योमोथाङलाई आमा याङ्री डाँडाको आधार शिविर मान्ने गरिन्छ । ज्योमोथाङ् रिसोर्टको एक रात बसाई पछि भोलिपल्ट तिन घण्टाको ठाडो पैदल यात्रापश्चातआमा याङ्रीको दर्शन गरेरपनि काठमाडौफर्किन सकिन्छ । तर यात्राको समयलाई थपगरि हेलम्बुका सुन्दर गाँउहरु तार्केघ्याङ, मेलम्ची घ्याङ, सेर्माथाङ पनि घुम्न सकिन्छ । यस गाँउहरुमाबसोबास गर्दै आएकाह्योल्मो जातिको जिवन शैलीले पर्यटकलाई थप आकर्षित बनाउन मद्दत गर्दछ ।

ढुक्फु पोखरी:  

चारैतिर घेरिएको अग्लो नाङ्गो पहाडको गहिराईमा रहेको यस निलो रङ्को ढुक्फु पोखरी प्रकृतिको एक सुन्दर उपहार हो । नजिकै गुरु रिन्पोछेले तपस्या गरेको गुफा र यस्तै दर्जनौ धार्मिक दृष्टिकोणले महत्वबोकेको गुफाहरु यहाँप्रशस्त भेटिन्छन् ।यस सुन्दर तथाशान्त ठाँउमा आमा याङ्ग्री बाट एक दिनमापुग्न सकिन्छ । लाम्टाङ राष्ट्रिय निकुञ्जक्षेत्रभित्र पर्ने यस ठाउँको यात्रामाजंगलीजनवार रचराचुरुंगीको दृश्यले निकै मनोरञ्जन दिलाउँछ । हिमालीक्षेत्र, लेकाली बाटो र खानपिन, बसोबासकालागीआफैले व्यवस्था गर्नुपर्ने हँुदायात्राअलि कष्टकर हुन सक्छ । तर आमा याङ्ग्रीको आधार शिविरमा ज्योमोथाङ् रिसोर्टको व्यवस्थाहँुदा केही सहजभने पक्कै नै महशुुस हुन्छ । यहाँबाट यात्रालाई निरन्तरता दिँदै गोन्जालापास हुदै लाङ्टाङभ्यालीघुम्दै पनिफर्किन सकिन्छ ।

स्याबलपोखरी, जुगल बेस क्याम्प:

जुगलगाँउपालिका३ स्थीत४ हजार २ सय मिटरउचाईमा रहेको यस पोखरी निकै सुन्दर र मनमोहक देखिन्छ । यस पोखरीलेकहिले गाडा निलो,कहिले हरियो रङमाआफ्नो रुप बदल्ने गर्दा पर्यटकलाई थपआकर्षित बनाउँछ । अण्डाकारमाफैलिएको यस पोखरी धार्मिक रुपमापनि प्रसिद्ध रहेको छ । यस पोखारी सँगैबौलाहपोखरी, नेखर्क पोखरी, धिचे पोखरी, भलाङ पोखरी जस्ता अन्यदर्जनौ सुन्दर पोखरीमापनि घुम्न सकिन्छ ।

यस पोखरी बाट जुगल बेस क्याम्प, नेपेमाछल पनिपुग्न सकिन्छ । जुगलहिमाल बेस क्याम्प काठमाडौ बाट सबै भन्दानजिक पर्ने बेस क्याम्पपनिहो ।यहाँपुग्नकालागीकाठमाडौ बाट जुगलगाँउपालिकाको गुम्बाथाङ सम्म गाडिमा यात्रा गर्न सकिन्छ । गुम्बाथाङ बाट भोलिपल्ट भिरको उकालो ओलारो बाटो गर्दै तेम्बाथाङ सम्म पुग्न सकिन्छ । तेम्बाथाङ बाट जुगल बेस क्याम्प र स्याबलपोखरी जाने बाटो छुटिन्छ । तेम्बाथाङ बाट एक दिनको यात्रामा स्याबलपोखरी वाजगुल बेस क्याम्पपुग्न सकिन्छ ।

शेर्पा बस्तीको बाहुल्यतारहेको तेम्बाथाङको हिमालीजनजीवन र सुन्दर प्रकृतिका दृश्यले यहाँआउने जो कोहीलाई छुट्टै दुनिँयामा पु¥याएको भान गराउँछ । तर भौगोलिक विकटता र ठाडो भिरको उकालो ओरालो बाटोले यात्राचुनौति पूर्ण बनाउँछ । लुकेर बसेकाकयौँ प्रकृतिकाउपहारले भरिभराउ रहेको यस ठाँउ पर्यटकको लागीविल्कुलै नयाँ र नौलो गन्तव्यभने पक्कै नै हु्नेछ ।

प्रतिक्रिया दिनुहोस्