२०८१ श्रावण १२
                           

सन्धुपाल्चोक १ मा हेभिवेट’ नेताको टिकटका लागि आफ्नो अडान

भदौ २५ — सिन्धुपाल्चोक निर्वाचन क्षेत्र १ मा ‘हेभिवेट’ नेताले टिकटका लागि आफ्नो अडान जारी राखेका छन् । सभामुख अग्नी प्रसाद सापकोटा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का निकट मानिनुहुन्छ । आउँदो निर्वाचनमा सापकोटा गठबन्धनको आधिकारिक उम्मेदवार बन्दै बस्नेतलाई पाखा पार्ने हो कि आशंका पनि चुलिएको छ । अघिल्लो चुनावमा जितेका ठाउँमा त्यही पार्टीले टिकट पाउने सहमति गठबन्धनले गरेको छ । सिन्धुपाल्चोकमा २०७४ को चुनावमा कांग्रेसका नेता बस्नेतलाई हराउँदै सापकोटा सांसद बन्नुभएको हो ।
यता बस्नेत पनि यो क्षेत्र कांग्रेसको पकड भएका कारण टिकट आफूले पाउने दाबी गर्दै आईरहनुभएको छ । स्थानीय तहको परिणाम अनुसार माओवादीको भन्दा दोब्बर मत कांग्रेसको रहेको उहाँको दावि छ ।
अर्कातिर कांग्रेस नेताहरूका अनुसार, वाग्मती प्रदेशको सिन्धुपाल्चोक–१ र नुवाकोट–१ मा जसरी माओवादीकै उम्मेदवार हुनुपर्ने प्रचण्डको अडान छ । यी दुई क्षेत्र आफ्नो भागमा पार्न अन्य क्षेत्रमा प्रचण्डले लचकता अपनाएका छन् । नुवाकोटबाट कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले चुनाव लड्न चाहेका छन् ।
वाग्मती प्रदेशको यो क्षेत्र आफ्नो भागमा परे गठबन्धनका सिट बाँडफाँटमा पनि प्रचण्ड केही हलुको हुन सक्ने नेताहरूको आँकलन छ । तर, केन्द्रीय सदस्य बस्नेत यो कुरा मान्न तयार हुनुहुन्न । उहाँले सिन्धुपाल्चोक–१ कांग्रेसले नपाए विद्रोह गर्ने चेतावनी पनि सार्वजनिक रुपमा दिदै हिड्नुभएको छ ।
प्रचण्ड सिन्धुपाल्चोक–१ बाट अग्निप्रसाद सापकोटा र नुवाकोट–१ बाट हितबहादुर तामाङलाई उम्मेदवार बनाउने तयारीमा छन् । यता सिन्धुपाल्चोक–१ मा माओवादीले टिकट पाएमा अग्नी प्रसाद सापकोटाको स्थानमा माधव सापकोटा सुवोध उठ्ने समेत चर्चा छ । सापकोटा र तामाङलाई उम्मेदवार बनाउनकै लागि प्रचण्डले अडान राख्दै आउनुभएको छ ।
नुवाकोट–१ मा पनि यसअघि माओवादीले नै जितेको थियो । मंसिर ४ को चुनावका लागि माओवादी केन्द्रले सिन्धुपाल्चोक–१ बाट सापकोटा र कांग्रेसले बस्नेतको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ । बस्नेतको एकल सिफारिस गरिएको छ भने माओवादीले सापकोटासँगै तीन जनालाई सिफारिस गरेको छ ।
२०७४ मा बाम गठबन्धनबाट चुनावी मैदानमा ओर्लिएका सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा कांग्रेसका बस्नेत २९ हजार ७ सय ९८ मत प्राप्त गर्नुभएको थियो । २०७४ को चुनावमा यो क्षेत्रमा एक लाख १४ हजार तीन सय ४४ मतदाता थिए । ७८ हजार ६ सय ९६ मत खस्दा सापकोटाले ५५।३० प्रतिशत मत ल्याउँदा बस्नेतको नाममा ४०।६८ प्रतिशत मत रह्यो । यी दुई सँगै यो क्षेत्रमा १३ जना चुनावी मैदानमा होमिएका थिए ।

२०७४ को निर्वाचनमा बाम गठबन्धनको मत ४४ हजार ७६ थियो भने लोकतान्त्रिकको मत २५ हजार सात सय ५९ थियो । तर, मत परिणाममा भने सापकोटाले चार हजार मत घटाउँदा सो मत बस्नेतले बढाउनुभएको थियो ।
साविकको क्षेत्र नं। १ मा अहिले साविकको क्षेत्र नं। २ का केही गाउँ थपिएको छ । यो क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं। २, ३, ४, ९ र १० वडा थपिएका छन् । यो सँगै जुगल गाउँपालिका र बलेफी गाउँपालिकाको वडा नं। १, २ र ३ नं। वडा पनि अहिलेको प्रतिनिधि सभा १ मा गाँसिएको छ ।

प्रतिक्रिया दिनुहोस्