२०८१ श्रावण १२
                           

महिलामा पाठेघर सम्बन्धी समस्या उच्च , चौतारा र साँगाचोकमा सम्पन्न स्वास्थ्य शिविरमा ७ सय ३ जनाले लिए सेवा

असोज १२, बुधबार चौतारामा सम्पन्न महिलाहरुको लागी प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क शिविरमा ४ सय ४० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । चौतारा आधारभुत स्वास्थ्य केन्द्र बुधबार महिलाहरुको लागी आयोजना गरीएको प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा आएका मध्य ५१ जनाको आङ खसेको पहिचान भएको छ । जसमध्ये १९ जनाले रिङ प्रेसर राख्ने गरेको पाएको चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो । यस्तै ३ जनाको पाठेघर निकाल्नुपर्ने अवस्थाको भेटिएको छ । ३ सय ९० जनाको भि.आई.ए परीक्षण ७ जनाको पोजेटिभ पाईएको छ । उनिहरुको पाठेघर भित्र क्यान्सर गराउने किटाणु मार्न प्रयोग गरीने कायोथेरापी मेसिन प्रयोग गरी उपचार गरीएको हो ।कायोथेरापी मेसिन प्रयोग गरी उपचार गर्न सरकारी अस्पतालले एक पटकको ८ हजार सम्म र नीजि अस्पतालले २५ हजार सम्म लिने गरेको भएपनि नगरपालिकाले यो सेवा निशुल्क उपलब्ध गराएको हो । अबको ६ महिनापछि पुन कायोथेरापी गरी संक्रमण कम भएको वा नभएको पहिचान गर्नुपर्ने डाक्टरले सुझाव दिएका छन् । यस्तै शिविरमा पि.आई.डि अर्थात पाठेघरको संक्रमण २ सय १० जनामा देखिएको छ । उनिहरुलाई १४ दिन सम्म पुग्ने औषधी निशुल्क रुपमा वितरण गरिनेछ । साँगाचोकमा मंगलबार र चौतारामा बुधबार सम्पन्न शिविरबाट ७ जनालाई अप्रेसन गर्नुपर्ने अवस्था रहेकोले सोका लागी नगरपालिकाले खर्च ब्यहोर्ने नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । शिर मेमोरीयल अस्पतालले अप्रेसन निशुल्क गर्ने र नगरपालिकाले आतेजाते र आवस्यक खाने बस्ने खर्च ब्यहोर्ने गरी समझदारी भएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा शिर मेमोरियल अस्पताल बनेपा र सामुदायिक सेवा प्रतिष्ठान , भक्तपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण,पाठेघरको मुखको क्यान्सर जाँच,पिसाब चुहिने रोगको पहिचान र उपचार, थरर्मागुलेशन, भिडियो एक्सरे सहित औषधि वितरण गरिएको छ ।अघिल्लो दिनको साँगाचोक शिविरमा ३०० जनाको परीक्षणमा ७ जनामा जटिल समस्या भएको बताउदै यो शिविरले गहिरो ढङ्गले आफुलाई बोध गराएको बताउनुभयो । नगरको सागाचोकमा तेति धेरै रोग पालेर बसेका व्यक्तिm छन् जस्तो लागेको थिएन भन्दै मेयर सापकोटाले सम्पुर्णमा बेलैमा परिक्षण गराउन पनि आग्रह गर्नुभयो ।
यस्तै वडा न.ं ५ का वडाध्यक्ष शिव श्रेष्ठले प्रजनन सम्बन्धी समस्या भएपनि जाँच गराउन नसकेका र जाँच गराएर पनि उपचार गराउन नसकेका विरामीलाई शिविरले धेरै राहत भएको बताउनुभयो । उक्त शिविरमा परोपकार प्रसुती सेवा केन्द्रका डा. सुनिता थापाको नेतृत्वको टोली र नगरपालिका भित्र कार्यरत स्वास्थ्य कर्मी सहितको टिमले महिलाको चेकजाँच गरि आवश्यक औषधि र सुझाव दिएका छन् । चेकजाँच गराउन आएका अधिकांश महिलाहरूको आङ खस्ने समस्या पाईएको छ । आङ खस्नेको संख्या ५१ जना रहेका छन् ।
निरन्तर अभियानको रुपमा वर्षको एक चोटि मात्रै नभएर नगर भित्र छुटेका महिलाहरु, अशतm ,वृद्धवृद्धा , विपन्न, आर्थिक अभावका कारण उपचारसम्म पुग्न नसक्नेहरुका लागी यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर निरन्तर अगाडि बढ्ने नगरपालिको योजना छ ।
नगरले ११ गते मङ्गलबार सागाचोकमा महिलाहरुको लागी प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर , वडा नम्बर १३ नर्सिङडाडामा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमको सुभारम्भ समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्