चौतारा ,६ साउन -सिन्धुपाल्चोकको चौताराबाट विद्युत गाडी चल्ने भएको छ । सिन्धु चौतारा यातायातले सानोसिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गर्न लागेको हो । यातायातका सञ्चालन चौताराका युवा व्यवसायीहरु हिरोमणी श्रेष्ठ र निमेष श्रेष्ठले गर्न लागेका हुन् ।
पहिलो चरणमा १०र१० सिट यात्रु क्षमता भएको ४ वटा बसबाट सेवा प्रदान गरिनेछ । व्यवसायी निमेष श्रेष्ठका अनुसार साउन १० गतेदेखि काठमाडौंबाट बिहान दुईवटा र दिउसो दुईवटा गाडी यात्रु बोकेर चौतारा आउनेछन् भने चौतारातिरबाट पनि बिहान एउटा सानोसिरुवारीबाट र एउटा स्याउलेबाट काठमाडौ जानेछन् । दिउसो पनि चौताराबाट दुईवटा गाडी काठमाडौं जानेछन् । परिक्षण यातायात भने साउन ८ गते बिहानबाटै सुरु हुनेछ ।
विद्युत गाडीमा आवाज र गन्ध समेत नआउने भएकोले यात्रुले डिजेल गाडिको जस्तो घ्यारघ्यार र गन्ध खप्नुपर्ने छैन । हाललाई चौतारा(काठमाडौंमा सञ्चालन भइरहेको अन्य माइक्रोबस सरह भाडादरमा यातायात सञ्चालन गर्ने र पुर्ण रुपमा सञ्चालनमा आएपछि भाडादर परिमार्जन गरिने श्रेष्ठले बताए । यात्रुले पानी, वाइफाइ तथा क्युआर पेमेन्टको सुविधा समेत पाउने उनले बताए ।
चौतारामा भिन्तुना चोकमा बसपार्क रहनेगरी सञ्चालन हुने एसी सुविधा सहितको विद्युत गाडीको टिकट काट्न चाहनेले सञ्चालकहरु निमेष श्रेष्ठ (9851174880) र हिरोमणी श्रेष्ठ (9841924445, 9801007391) लाई सम्पर्क गर्नसक्नेछन् । यातायात निकट भविष्यमै मोबाइल एप्स् निर्माण गरि सोही एप्स्बाट टिकट बुकिङ र भाडा तिर्न समेत सकिनेछ ।खुल्लापाना
प्रतिक्रिया दिनुहोस्