काठमाडौं । प्रहरीले मेचीनगर नगरपालिकाका धर्मप्रसाद ओलीलाई कुटपिट गर्नेमध्ये तीनजनालाई पक्राउ गरेको छ ।सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं ४ घर भई हाल मेचीनगर नगरपालिका वडा नं ९ बस्ने पासाङ तेन्जिङ तामाङसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कुटपिट गरी घाइते बनाई फरार रहेकाहरुको खोजतलास गर्ने क्रममा मोरङ कानेपोखरी गाउँपालिका वडा नं ७ घर भई हाल मेचीनगर नगरपालिका वडा नं ९ स्थित मुनाल सेक्युरिटीमा काम गर्ने ३१ वर्षीय आशिष लिम्बूसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई झापा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भदौ १७ गते मेचीनगर नगरपालिका वडा नं १० स्थित नन्दा पेट्रोल पम्पमा काम गर्ने कामदार । मेचीनगर नगरपालिका वडा नं। ९ बस्ने ४३ वर्षीय ओलीलाई एउटा समूहले सामान्य विषयमा भनाभन भई कुटपिट गरी घाइते बनाएको थियो । कुटपिटमा संलग्न मुख्य आरोपित फरार रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्