काठमाडौ | नेपाली कम्युनिस्ट पार्टी हेलम्बु–काठमाडौ सम्पर्क समितिको विस्तारित बैठक तथा उमेदवार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । पार्टीका अगुवा कार्यकर्ता तथा सिन्धुपाल्चोक प्रतिनिधि सभा सदस्यका उमेदवार युवराज दुलालको सहभागितामा आयोजित बैठकले संगठनलाई थप सशक्त र व्यवस्थित बनाउने निर्णय गरिएको छ ।
बैठकमा पार्टीको वर्तमान अवस्था, संगठन विस्तार, कार्यकर्ताको भूमिका तथा आगामी कार्यक्रमबारे गम्भीर छलफल भएको बताइएको छ । वक्ताहरूले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई जनस्तरमा अझ प्रभावकारी रूपमा स्थापित गर्न एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया दिनुहोस्