२०८० चैत्र १६

५ वर्षदेखि जेल जिवन बिताईरहेका धिरेन श्रेष्ठका परिवारको चीत्कार

काठमाडौं ।सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका अवस्थित बाह्र्बिसे बजारमा बसोबास गर्दै आईरहेका पदममाया श्रेष्ठका परिवारमा उनको श्रीमान , तिन छोरा सहित ६ जना थिए । गत २०७२ साल असोज गते उनका माईला छोरा धिरेन श्रेष्ठ वैदेशिक रोजगारीका लागि दुबई प्रस्थान भए । धिरेनका बुबा रत्न नारायण श्रेष्ठले आफ्नो परिवारको हेरविचार गर्दै आईरहेका थिए ।

यता नेपालमा बुबालाई टुयुमरको अप्रेसन गर्नुपर्ने भएकाले धिरेन दुबईबाट एक महिनाको छुट्टिमा नेपाल आए । त्यो एक महिना उनको बुबाको हेरविचारमा नै समय बित्यो । एक महिनाको छुट्टी सकेर धिरेन पुन दुबई प्रस्थान भए । उनी दुबई गएको ५ दिनमा देखि सम्पर्कविहिन भए यता बुबाको उपचारमा आर्थिक समस्या सिर्जना भयो । धिरेनका बुबाले संसार छाडे । धिरेनका परिवारले एकैपटक दुईवटा बज्रपात बेहोर्न पर्यो ।

५ दिनबाट सम्पर्कविहिन भएका धिरेन केही दिनपछि परिवारको सम्पर्कमा आए । सम्पर्कमा त आए तर दुबई अवस्थित ईमारतको सेन्टर जेलबाट । धिरेन दुबई अवस्थित ँश्ऋइ कम्पनीमा कार्यरत थिए । धिरेन जब जेलभित्र गए तबमात्र उनले आफू जेलमा पर्नुको कारण थाहा पाए । उनि ँश्ऋइ कम्पनीका प्रमुखले समान लिन पठाएको र सो सामान अन्तमा लागु औषध रहेकाले सोही लागु औषधको मुद्दामा उनी २०७४ साल असोज ८ गते समातिएका रहेछन ।

उनी जेलभित्र परेपश्चात उनलाई जन्मकैदको सजाय सुनाईएको उनी बताउछन । अदालतले जन्मकैदको सजाय सुनाएको फैसलाको कागजात परिवारले बुझ्न चाहे तर कतैबाट त्यो प्राप्त हुन सकेन । अहिले धिरेनले जेल जीवन बिताईरहेको ५ बर्ष बितेको छ । यो बिचको अवधिमा धिरेनका परिवार परराष्ट्रमन्त्रालय , राजदुतावास , सितल निवास , सभामुख कार्यालय पुगे । विभिन्न मन्त्रालयको ढोका ढकढक्याए । कयौं मन्त्रीहरुको अगाडि आफ्नो चीत्कार सुनाए ।

अहिले धिरेनका परिवार कतैबाट केही सहयोग नमिलेकाले निरास अवस्थामा छन । केही दिनअघि धिरेनको कान्छा छोरा राजेन श्रेष्ठ र उनकि आमा दुबई गए । सेन्टर जेलमा रहेका धिरेनलाई आमाले करिब १५ मिनेट भेटिन । एकातिर आमाको रोदन त अर्कोतिर धिरेनको रोदन , १५ मिनेटको समयमा धिरेन र उनको आमाबिच केही भलाकुसारी हुनै पाएन । अहिले पनि राजेन दुबई नै छन न कतैबाट दाईको उद्दार गर्न सकिन्छ कि भन्दै सहकार्य गर्दैछन ।

धिरेनका आमा र उनका दाईले केहिदिन अघिमात्र नेपाल सरकारका माननीय उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने र श्रम , रोजगार तथा सुरक्षा मन्त्री डोल प्रसाद अर्याल संग भेटघाट गरेका छन । दुबै मन्त्रालयबाट उद्दारका लागि कुटनैतिक पहल गरिने आश्वासन दिएका छन । तर परिवार ५ वर्षसम्म सहयोग नमिलेकाले अझै दुबिधामा छन ।सुरेस तिमल्सिना 

प्रतिक्रिया दिनुहोस्