२०८१ श्रावण १२
                           

प्रथम नाम्लाङ ट्रेल रेसमा भोताङका मिङमार सिङ्गी बिजय

माघ १, पाँचपोखरी थाङ्पाल गाउँपालिका भोटे नाम्लाङमा प्रथम नाम्लाङ ट्रेल रेस आईतवार सम्पन्न भएको छ ।   १० किलोमिटर अन्तर्गत भोताङका मिङमार सिङ्गी तामाङले अर्जुन कुलुङ राईलाई ८ सेकेन्डको अन्तरमा पछाडि पार्दै बिजय हासिल गरेका हुन् । तामाङको ४२ मिनेट २ सेकेन्ड र ४२ मिनेट १० सेकेन्ड राईको रहेको थियो । तृतीय स्थानमा भोताङका फुर्पा सिङ्गी तामाङ भएका छन् ।

त्यस्तै ५ किलोमीटर अन्तर्गत भोटे नाम्लाङका अग्नि तामाङ भएका छन् । तामाङ ३० मिनेट ३० मा आईपुगेका थिए । भोटेनाम्लाङकै निखिल तामाङ र प्रकाश तामाङ द्वितीय र तृतीय भएका छन् । उज्यालो नाम्लाङ क्लबद्वारा आयोजित ट्रेल रेसमा १० किलोमिटर तर्फ प्रथमलाई नगद रु. ५ हजार सहित मेडल ट्र्फि र ५ किलोमिटर तर्फ प्रथममा नगद रु. २५०० पुरस्कार प्राप्त गरेका छन् । माघे सङ्घ्रातीको अवसरमा यस ठाउँमा हरेक बर्ष चिलिङ जात्रा लाग्ने गर्छ ।

चिलिङ जात्राको छुट्टै सास्कृतिक महत्त्व रहेको हुँदा प्रचार हुनु पर्ने उदेश्यले ट्रेल रेस आयोजना गरेको वडा नम्बर ७ का अध्यक्ष सुके तामाङले बताउनु भयो  ।

प्रतिक्रिया दिनुहोस्