२०८१ श्रावण १२
                           

चौतारामा भएको रक्तदान कार्यक्रममा ९५ जनाले गरे रक्तदान

चौतारा ,१५ फागुन

सम्झना कार्की-सिन्धुपाल्चोकको नेपाल रेडक्रस सोसाईटी चौतारा उपशाखाको वार्षिक सभाको सन्दर्भमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार लायन्स क्लब अफ काठमान्डौ चौतारा सिटी तथा कर्मचारी मिलन केन्द्र चौताराको आयोजनामा सो रक्तदान कार्यक्रम गरिएको हो ।

“ रतmदान जीवनदान ” भन्ने नारालाई आत्मसात गर्दै लायन्स क्लब अफ काठमान्डौ चौतारा सिटी तथा कर्मचारी मिलन केन्द्र चौताराले आयोजना गरेको रक्तदान कार्यक्रममा पुुरुष ८८ र महिला ७ गरि जम्मा ९५ जनाले रक्तदान गरेको कार्यक्रम आयोजक लायन्स क्लब अफ काठमान्डौ चौतारा सिटीका अध्यक्ष मिना थापाले जानकारी दिनुुभयो ।

जसमध्ये ४६ जना जिल्ला कारागारका रक्तदाताहरु रहेका छन् । कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमाणप्रत्र प्रदान गरिएको थापाले बताउँनुभयो । कार्यक्रममा नेपाल प्रहरीका प्रमुख बालनसिंह राणा सहित अन्य प्रहरी कर्मचारी , राष्ट्रिय अनुशन्धानका प्रमुख सुदिप अधिकारी , बँैकका कर्मचारी, अग्रज पत्रकार सुरेश कसजु सहित अन्य पत्रकारहरु र विभिन्न संघसस्थामा आवद्ध कर्मचारी सगंै अन्य कर्मचारीहरुले रक्तदान गरेका थिए ।

लायन्स क्लव अफ काठमान्डौ चौतारा सिटीले सामाजिक काममा विगतदेखि नै ठूलो योगदान दिँदै आइरहेको र रगत नपाएर अकालमा मृत्युको मुख सम्म पुग्न नपरोस भन्ने उदेश्यको साथ रतmदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले बताउँनुभयो ।

रक्तदान कार्यक्रममा चौतारासाँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटा , नगर सल्लाहकार चन्द्र प्रसाद सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ , जिल्ला प्रहरी कार्यलयका प्रमुख बाल नरसिंह राणा , नेपाल रेडक्रस सोसाईटी चौतारा उपशाखाका पधाधिकारी , लायन्स क्लब अफ काठमान्डौ चौतारा सिटीका पधाधिकारी , कर्मचारी मिलन केन्द्र चौताराका पधाधिकारी ,पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष जिवन श्रेष्ठ लगाएत अन्य पत्रकार लगाएतका अन्य व्यतिmत्वहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्