२०८२ असार २
                           

लाज शरणम्’ चलचित्रको १०१ औं दिनको अवसरमा विद्यालयमा शैक्षिक सामग्री वितरण

चौतारा, सिन्धुपाल्चोक – नविन श्रेष्ठद्वारा निर्मित तथा कुमार कट्टेलद्वारा निर्देशित चलचित्र ‘लाज शरणम्’ ले आफ्नो सफल १०१ औं दिनको प्रदर्शन पुरा गरेको अवसरमा एक सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरिएको छ।

मदर किड्स फाउन्डेशन नेपालको आयोजनामा, चलचित्रका निर्माता नविन श्रेष्ठको सक्रिय सहभागितामा, श्री बालकल्याण आधारभूत विद्यालय, चौतारा साँगाचोकगढी नगरपालिका–५ मा विद्यालय ड्रेस (ट्रयाकसुट), झोला र पानीको बोतल वितरण गरिएको हो।

जेठ २३ गते, शुक्रबार सम्पन्न भएको कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटीको समेत सहकार्य रहेको थियो।

आयोजक संस्था मदर किड्स फाउन्डेशन नेपालले यस्ता कार्यक्रमले बालबालिकाको शैक्षिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ। चलचित्रका निर्माताका अनुसार  चलचित्रको सफलतासँगै समाजप्रति केही योगदान दिन आवश्यक रहेको र त्यही क्रममा यो कार्यक्रमको आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्