२०८१ श्रावण १२
                           

तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता मंसिरमा हुने

सिन्धुपाल्चोकको बाह्रबिसेमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८० आयोजना गरिएको छ । तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय टिमसहित ११ टिमले भाग लिने बताइएकाे छ । सात प्रदेशका सात र तीन बिभागीय टोली र एक आयोजक टिमले प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ ।

मंसिर १९ र २० गते बाह्रबिसे बजारमा प्रतियोगिता सञ्चालन हुनेछ । तेक्वान्दो जिल्ला कार्यसमितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको बाह्रबिसे नगरपालिका सहआयोजक रहेको तेक्वान्दो सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए । बिगतमा दुई पटक बाह्रबिसेमै राष्ट्रिय प्रतियोगिता सञ्चालन भईसकेको छ ।

अहिलेको प्रतियोगितामा दुई बिधामा प्रतिष्पर्धा हुने भण्डारीले बताए । बिजयी टिम तथा खेलाडीलाई नगद तथा शिल्ड अनि पदकको व्यवस्था गरिएको छ । तेक्वान्दोका सिक्न डान रहेका भण्डारीले सिन्धुपाल्चोकका सुरुमा स्वयंसेवी रुपमा तेक्वान्दो सिकाउँदै आएका थिए । अहिले पनि स्वयंसेवी रुपमै तेक्वान्दो विकासमा लागेका भण्डारीले प्रतियोगिताको लागि स्थानीय बुद्धराज बस्नेतको संयोजकत्वमा समिति गठन गरेका छन् ।

समिति तथा उपसमितिले द्रुत गतिमा काम गरिरहेका छ । तेक्वान्दोको विकासमा निरन्तर लागेका भण्डारीलाई हौसला प्रदान गर्न बाह्रबिसे नगरपालिका सहआयोजक बनेको नगरप्रमुख बालकृष्ण बस्नेतले बताए ।सत्य अावज

प्रतिक्रिया दिनुहोस्