२०८१ श्रावण १२
                           

नेपाली सेनाको कोरोना संक्रमित व्यवस्थापन सम्बन्धि प्रदर्शन (फोटो फिचर)

नेपाली सेनाको कोरोना संक्रमित व्यवस्थापन सम्बन्धि प्रदर्शन (फोटो फिचर)

चौतारा/ सिन्धुपाल्चोकको चौतारामा जिल्ला विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटीको सहजिकरमा नेपाली सेनाले कोरोना सम्बन्धि जानकारीमुलक प्रदर्शन गरेको छ । कोरोना संक्रमितको उद्धार, उपचार तथा मृत्यु पश्चात् शव व्यवस्थापन समेत कसरी गरिन्छ भन्ने नमुना प्रदर्शन गरेको हो ।नेपाली सेनाको कोरोना संक्रमित व्यवस्थापन सम्बन्धि प्रदर्शन (फोटो फिचर)
चौताराको टुंडिखेलमा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाकाका प्रमुख एवं प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका पदाधिकारी, तथा अन्य सरोकारवाला विभिन्न निकायलाई प्रदर्शनी देखाईएको हो । चौताराको गोरख बहादुर गणले तयारी गरेको प्रदर्शनीमा कोरोना संक्रमण सम्बन्धि जानकारीका साथै विरामीलाई एम्बुलेन्समा अस्पतालमा ल्याउने, अस्पतालमा गरिने परिक्षण तथा विरामीको मृत्यु भएमा अपनाईने सम्पूर्ण विधिको प्रयोगात्मक विधि देखाईएको थियो । व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को सहि प्रयोग गर्ने तरिका सहित विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले अपनाउनु पर्न सुरक्षाका उपाएहरु समेत प्रस्तुत गरिएको थियो ।
कोभिड १९ को रोकथामका लागि प्रस्तुत गरिएको कृतिम अभ्यास पश्चात जिल्लामा एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन नीतिगत तथा व्यवहारिक कार्यान्वयन गर्ने गराउने सम्बन्धमा प्रस्तुती भएका थिए ।
एम्बुलेन्स गाडी ल्याउनका लागि कर छुट लिन सिफारिसको प्रकृया अपनाए पनि प्राय सेवा प्रदायक निकायले एम्बुलेन्स सञ्चालनको अनुमती नलिएकाले एम्बुलेन्स सेवा सञ्चालन निर्देशिकाले निर्दिष्ट गएको व्यवस्थालाई कार्यान्वयन गर्न स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले अनुरोध गरेको छ । नेपाली सेनाको कोरोना संक्रमित व्यवस्थापन सम्बन्धि प्रदर्शन (फोटो फिचर)
सेवा सञ्चालन अनुमति लिई नविकरण गर्नपर्ने, नियमित प्रतिवेदन बुझाउन पर्ने र सेवाको वर्ग अनुसार न्युनतम स्वास्थ्य सामाग्रीको अद्यावधि हुनपर्ने पनि स्वास्थ्य प्रमुख चापागाईले ध्यानाकर्षण गरेको छ ।
आपतकालीन अवस्थामा एम्बुलेन्स सेवाको सरल र प्रभावकारी पहुंचको लागि एम्बुलेन्स निर्देशिका अनुसार नै जिल्लामा सञ्चालन भएका एम्बुलेन्स ट्रयाकिङ सिस्टम भित्र समावेश हुनपर्ने उल्लेख गर्दै सबै एम्बुलेन्स गाडीहरुलाई जि.पि.एस. जडान गर्न नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले अनुरोध गरेका छन् ।
नेपाल रेडक्रसको समन्वयमा धुलिखेल अस्पतालको डिस्प्याच सेन्टरबाट काभ्रे र सिन्धुपाल्चोक को पाँचवटा एम्बुलेन्सलाई ट्रयाकिङ गरी सेवा दिई रहेको र हाल काभ्रेको १७ र चौतारामा कार्यक्रम सञ्चालन भएकै दिन आवद्ध भएको सिन्धुपाल्चोकको ११ गरी थप २८ वटा सो सिस्टममा समावेश भएको मन्त्री कक्षपतिले बताएको छ ।
नेपाल सरकारले उपलव्ध गराएको एम्बुलेन्स हटलाईन नं १०२ लाई उपत्यकामा मात्र सिमित नराखी अन्य जिल्लाको डिस्प्याच सेन्टरमा विस्तार गरी स्थानीय जनस्तरको पहुंच बढाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने तथा एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका अनुसार सबै सेवा प्रदायक निकायले पालना गर्नपर्ने दायित्व पूरा गर्न बैठकले निर्देशन दिएको छ । नेपाली सेनाको कोरोना संक्रमित व्यवस्थापन सम्बन्धि प्रदर्शन (फोटो फिचर)
कोभिड १९ को महामारीको वर्तमान सम्भावित संक्रमणलाई नियन्त्रण तथा रोकथामका लागि जिल्ला तथा स्थानीय स्तरमा कार्यान्वयन गरिने क्वारेन्टाईन व्यवस्थापन लगायतका गतिविधि तथा नियमन गर्ने विषयमा सर्वपक्षीय सहभागितामा भएको जिल्ला विपद व्यवस्थापनको सो बैठकले कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरेका छन ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्ण गोपाल तामाङले अलि पहिले नै गर्नुपर्ने प्रदर्शन ढिलै भए पनि गरेकोमा सबै आयोजक र नेपाली सेनालाई धन्यवाद दिए । यस्तो प्रदर्शनले जिल्लाको महामारीको तयारीबारे जानकारी हुनाका साथै कमिकमजोरि सच्याउने मौका समेत प्राङभई आगामी दिनको लागि सिकाई हुने धारणा राखे ।नेपाली सेनाको कोरोना संक्रमित व्यवस्थापन सम्बन्धि प्रदर्शन (फोटो फिचर)
प्रदर्शनी पछि बसेको जिल्लाका पालिका प्रमुखहरको बैठकले पनि प्रदर्शनीबाट आफुहरुलाई धेरै ज्ञान मिलेको र विपद् व्यवस्थापनको लागि आफुहरु तयारि अवस्थामा रहेको बताए ।
नेपाली सेनाको कोरोना संक्रमित व्यवस्थापन सम्बन्धि प्रदर्शन (फोटो फिचर)
नेपाली सेनाको कोरोना संक्रमित व्यवस्थापन सम्बन्धि प्रदर्शन (फोटो फिचर)
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              नेपाली सेनाको कोरोना संक्रमित व्यवस्थापन सम्बन्धि प्रदर्शन (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्