२०८१ श्रावण १२
                           

विश्व वातावरण दिवसको अवसरमा प्रभातफेरी

२३ जेठ , सिन्धुपाल्चोक । हाम्रो भुमी हाम्रो भविष्य भन्ने नाराका साथ मेलम्ची ११ स्थित मेलम्ची पोलिक्लिनिक बाट मेलम्ची हेलम्बु बसपार्क सम्म प्रभातफेरी सहित मेलम्ची बसपार्कमा कोणसभा सहित कार्यक्रम गरीएको छ । करुणा ट्रस्टको आर्थिक सहयोग रीड नेपालको आयोजना मेलम्ची नगरपालिका र इन्द्रेस्वरी माध्यामिक विद्यालयको समन्वयमा विश्व वातावरण दिवस २०२४ को अवसरमा कार्यक्रम गरेको हो ।
कोणसभामा बोल्दै मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले अहिलेको समयमा मौसम बदलिका कारण मानव जिवनमा धेरै असर परेको बताइन् । उनले मौसम परिवर्तनका कारणे विभिन्न विपत्ती सामना गर्नुपरेको स्मरण गर्दै वातावरणलाई स्वच्छ राख्न आग्रह गरिन ।
कार्यक्रममा मेलम्ची नगरपालिका स्वास्थ्य शाखाका प्रमुख अस्मिता सापकोटा बाताबरण अधिकृत सुजन दुलाल इन्द्रेस्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्