२०८१ श्रावण १२
                           

सांसद सापकोटाकाे दोस्रो सम्बोधन:तातोपानी नाका सुचारु गर्न माग

सिन्धुपाल्चोक ,१३ फागुन
नेकपा माओवादी केन्द्रका युवा नेता एवम् सांसद माधव सापकोटा सुवोधले तातोपानी नाका बन्द भएकोप्रति सरकारको ध्यानाकर्षण गर्नु भएको छ ।

प्रतिनिधिसभा वैठकको विशेष समयमा सम्वोधन गर्दै शुक्रबार साँसद सापकोटाले नाका सुचारुका लागि चीन सरकार सकारात्मक देखिएता पनि नेपाली भूभागको सडक ठाउँठाउँमा विग्रिएका कारण मालबाहक गाडी नाकासम्म पुग्न पनि समस्या भएको जानकारी गराउनु भयो । सोही क्षेत्रका सांसद सापकोटाले जुरेदेखि लिपिङसम्मको सडक जीर्ण र भग्न भएका कारण हिउँदमा पनि मालबाहक गाडी राम्रोसँग चल्न नसकेकोप्रति दुख व्यक्त गर्नु भयो ।

बैशाख जेठबाट नै वर्षा सुरु हुने र सडक ठप्प हुने हुँदा सडक निर्माणमा सरकार समयमा गम्भीर हुनुपर्ने साँसद सापकोटाको भनाई छ । उहाँले सडक निर्माणका लागि सडक विभागले २ अर्ब ४७ करोडको डिपिआर फाइल तयार गरेर अर्थ मन्त्रालयमा समेत पठाइसकेको जानकारी दिनु हुँदै त्यो फाइललाई सभामुखमार्फत स्वीकृत गरी तुरुन्त ठेक्का प्रकृयामा लैजान र बर्षाको समयमा पनि सडक सुचारु हुने प्रवन्ध मिलाउन आग्रह गर्नु भयो ।
साँसद सापकोटाले दिनप्रति दिन युवा पलायन भएको प्रति चिन्ता पनि व्यक्त गर्नु भयो ।
एरपोर्टमा दिनहुँ सयौंको संख्यामा युवाहरु गहभरि आँसु राख्दै आफ्ना लालाबाला र स्वजनहरुसँग हात हल्लाउँदै विदा मागिरहेको दृष्य हृदयविदारक भएको उहाँले बताउँनु भयो ।
विगत १४ वर्षदेखिको आँकडा प्रस्तुत गर्दै भयाभवह तरिकाबाट नै युवाशक्ति विदेशिएकोप्रति सरकारले अनदेखा गरेर रेमिट्यान्सको आशामा बस्न नहुँने उहाँको तर्क थियो ।  संसदमा माधब सापकोटा ‛सुबोध’को दोस्रो सम्बोध हाे ।

प्रतिक्रिया दिनुहोस्