२०८१ श्रावण १२
                           

अध्यक्षको गैरजिम्मेवारीपूर्ण जवाफ, ‘सरकारले पैसा दिएन, मैले कहाँबाट दिनु’

सिन्धुपाल्चोक, १७ असोज । सिन्धुपाल्चोकका दुई स्थानीय तहको कमजोरीले ज्येष्ठ नागरिकको दशैँ खल्लो हुने भएको छ । सिन्धुपाल्चोकका जिल्लाको सुनकोसी र त्रिपुरासुन्दरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा ज्येष्ठ नागरिकको दशैँ खल्लो हुने भएको हो ।

सिन्धुपाल्चोकका १२ ओटा स्थानीय तहमध्ये १० ओटा स्थानीय तहले सामाजिक सुरक्षा वापतको रकम वितरण गरिसक्दा समेत दुई स्थानीय तहले भत्ता वितरण गर्न सकेका छैनन् ।

सामाजिक सुरक्षा भत्ता वितरण दशैँअघि किन गर्न सकिएन भन्ने जुगलखबरले गरेको प्रश्नमा गाउँपालिका अध्यक्षले श्रमणकुमार जिसीले भने, ‘यो पालिकामा कांग्रेसले जितेको हो । त्यसैले कम्युनिष्ट (ओली) सरकारले पैसा दिदैन कहाँबाट ल्याएर दिनु मैले’

सामाजिक सुरक्षा भत्ता वितरणमा समेत कम्युनिष्ट सरकारले कसरी रोक्यो भन्ने प्रश्नमा उनले तपाईलाई मैले जे भने त्यहि लेखिदिनुस् भने । तर, गाउँपालिका भित्रको आन्तरिक विवादको कारणले भत्ता वितरण रोकिएको स्रोतको दावी छ । सामाजिक सुरक्षा भत्ता अन्यन्त्र खर्च भैसकेको कारणले दशैँमा वृद्धभत्ता वितरण गर्न नसकेको स्रोतको भनाई छ ।

दिनहुँ आउँछन् ज्येष्ठ नागरिक

दशैँ मनाउँनको लागि दैनिके ज्येष्ठ नागरिकहरु भत्ता लिनका वडाकायालय आउँने गरेको त्रिपुरासुन्दरी गाउँपालिका ३ का वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए । ‘गाउँपालिकाले रकम सामाजिक सुरक्षा भत्ता माग गरेको रहेनछ, त्यसैले भत्ता लिन आउँने ज्येष्ठ नागरिकलाई रित्तो हात फर्काउन बाध्य भएका छौँ’ उनले भने ।

सुनकोसी गाउँपालिकामा पनि वडा कार्यालयमा भत्ता लिन दैनिकजसो ज्येष्ठ नागरिकहरु आइरहने गरेका छन् । सुनकोशी गाउँपालिकाले भने रकम माग गरेपनि निकाशा नआउँदा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकीएको बताएको छ ।

खल्यो हुने भयो दशैँ

दुई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता माग नै नगर्दा ज्येष्ठ नागरिकहरु दशैंअघि नै भत्ता पाउनबाट बञ्चित भएका हुन् । दशैँअघि रकम निकासा नहुँदा एकल र छुट्टीएर बसेका ज्येष्ठ नागरिकहरुले दशैँ कसरी मनाउँने भन्नेमा समस्या थपिएको बताउँछन् ।

‘स्थानीय सरकार आएपछि जनताको सेवा सुविधा उपलब्ध हुन्छ भन्ने सोचेको थियौँ । तर, दशैँमा समेत भत्ता पाउँन छाडियो’ एक स्थानीय ज्येष्ठ नागरिकले भने, ‘भत्ताको पैसा नुन तेल किनेर दशैँ मनाउँला सोचेको थियौँ । तर, अब कसरी दशैँ मान्ने भन्ने समस्याले गाँजेको छ ।’

प्रतिक्रिया दिनुहोस्