२०८१ श्रावण १२
                           

मेलम्चीमा बाढी तथा पहिरो सम्बन्धी कृतिम घटना अभ्यास

२१ जेठ, सिन्धुपाल्चोक । मेलम्चीमा समुदायमा आधारित बाढी तथा पहिरो सम्बन्धी कृतिम घटना अभ्यास गरिएको छ । मेलम्ची नगरपालिकाको आयोजना र नेपाली सेनाको इन्द्रध्वज गण सुरुक्षा गुल्मको अगुवाईमा अभ्यास गरेका हुन् ।

बाढी र पहिरोकोे बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःताजगीका लागि खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले यस वर्ष पनि इन्द्रावती नदीमा बाढी कृत्रिम घटना अभ्यास गरिएको हो ।

मेलम्ची नगर स्तरीय विपद् ब्यबस्थापन समिति,नपाल रेडक्रस सोसाइटी,नेपाल स्काउट,सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च ,राइम्स जिल्ला विपद् व्यवस्थापन समिति नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा बाढी र पहिरोकोे कृत्रिम घटना अभ्यास  भयोे । घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारका टोलीले प्राथिमक उपचार सेवा प्रदान गरी एम्बुलेन्स मार्फत नजिकको अस्पतालमा पठाउने  देखाइएको थियो ।

बाढीको कृत्रिम घटना अभ्यासमा सबै सरोकारवाला निकायको सहभागिता रहेको थियो । घाँस काट्न जाँदा खोला तर्न नसकेका स्थानिय महिला,बाढीले घर सहित बगाएर ल्याएको स्थानिय, पौडी खेलिरहेका एक किशोर लगायतलाई स्थानिय स्रोत र साधनको प्रयोग गरि उद्धार गरिएको थियो ।

विं सं २०७८ असारमा आएको बाढी पछि सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले स्थानिय तहसँग मिलेर विभिन्न कार्यदलहरु बनाएको छ । सोहि कार्यदलमा रहेका हरुले समेत खोज तथा उद्धार,प्राथमिक उपचार लगायत कार्यमा सहभागि भएको पाक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले बताए ।

यस्ता अभ्यासले बाढीका बेला जनशक्ति तथा आवश्यक खोज तथा उद्धारमा सहयोग पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले बताए । ।मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विपद् प्रतिकार्यको लागि नगरपालिका योजनाका साथ रहेको बताए  । तामाङले उद्धार सामग्री,बजेट,जनशक्ति र पूर्व तयारीका साथ नगरपालिका योजना बनाएर बसेको बताए ।

प्रतिक्रिया दिनुहोस्