२०८१ श्रावण १२
                           

चौसाँगढी नपा १ को वडा कार्यालय भवन शिलान्यास

चैत्र १६, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका १ नं वडा कार्यालयको भवन शिलान्यास भएको छ । शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटा र उपप्रमुख सिता थापाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै मेयर सापकोटाले गुणस्तरीय भवन निर्माण गर्न आग्रह गरे । निमार्ण ब्यवासायीलाई तोकिएको समय भित्र भवन निर्माण गर्नुपर्ने बताए । वडाको आफ्नै भवन निर्माण भएसँगै वडावासीले सहज रूपमा सेवा लिन पाउने मेयर सापकोटाको भनाई थियो ।

आउदो अषाढ मसान्तभित्र ८१ लाख ५६ हजार ४ सय ६९ रुपैया ३९ पैसा लागतमा निमार्ण सम्पन्न गर्ने भएको हो । निमार्ण कम्पनीले काम थालीसकेको वडाध्यक्ष युवलाल श्रेष्ठले बताए । १२ सय स्क्वायर फिटमा २ तले भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्