२०८१ बैशाख १८

राम्चेको बाटोमा बनेको कुलोको अनुगमन , भत्काएर फेरी बनाउन निर्देशन

असार ६, अनुगमनका क्रममा तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको नाली निर्माण देखेपछि सिन्धुपाल्चोकको
जुगल गाउँपालिकाका उपाध्यक्ष हिमालकुमार श्रेष्ठले फेरी बनाउन निर्देशन दिनुभएको छ । जुगल गाउँपालिका वडा नं ५ को ढाँडे(राम्चे(बराम्ची सडकको राम्चे खण्डमा निर्माण भएको नाली गुणस्तरहिन भएको गुनासो आएपछि उपाध्यक्ष श्रेष्ठ अनुगमनका क्रममा पुग्नुभएको थियो । उपाध्यक्ष र प्राविधिकसहितको अनुगमन टोलिले नालि फुटाएर हेर्दा आवश्यक गुणस्तर नभएको फेला परेको थियो ।

सडक निर्माण गर्ने ठेकेदार कम्पनीले नाली गुणस्तरहीन बनाएको भन्दै स्थानियले विरोध गर्दै आएका थिए । सोमबार प्राविधिक सहित उपाध्यक्ष आफैं अनुगमनमा पुग्नुभएको थियो । अनुगमनका क्रममा नाली निर्माण कंक्रीट आवस्यकता अनुसार प्रयोग नगरी निर्माण गरिएको देखिएको हो । उक्त नाली भत्काउन लगाएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नालि पिसिसि गर्दा पालना गर्नुपर्ने सामान्य मापदण्ड समेत पालना नगरेको पाइएपछि गुणस्तरहिन करिब एक सय मिटर नालि भत्काउन लगाईएको हो । रिना कन्ट्रक्सन एण्ड मिङमा सप्लायर्स जेभिले उक्त सडकमा नाली सहित ग्राभेल गर्नेगरि स्तरोन्नति को काम गरिरहेको छ । सडकमा करिब एक सय मिटर नाली कम गुणस्तरको रहेको देखिएपछि अहिलेलाइ काम नै रोकीएको र सो नालि भत्काएर अर्को निर्माण गरेपछि मात्रै भुक्तानी गरिने गाउँपालिकाका प्राविधिक सन्देश ढुङ्गेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्