२०८१ जेष्ठ १

चौतारामा दृष्टिविहीन भएका बालबालिकालाई क्रिकेट तालिम

सिन्धुपाल्चोक ,३२ जेठ
सम्झना कार्की । नेत्रहीन क्रिकेट संघ काठमाण्डौँको आयोजनामा चौतारा टुडिखेलमा दृष्टिविहीन भएका १४ जना बालबालिकालाई क्रिकेट खेलको प्रशिक्षण तालिम दिईएको छ । गत मंलबारबाट सुरु भएको उतm तालिम ५ दिनसम्म हुनेछ । वनदेवी मा.वि स्थीत दृष्टिविहीन छात्राबासका १० जना बालबालिका र छात्राबास बाहिराका ४ जनागरी १४ जना सहभागि भएका छन् ।

समाजमा दृष्टिविहीन भएकाहरुले केहि गर्न सक्दैनन् भन्ने पराम्परागत मान्यतालाई हटाउन र यस्ता बालबालिकाहरुलाई उजागर गर्ने उधेश्यले यो प्रशिक्षण तालिम दिएको नेत्रहीन क्रिकेट संघका कोषध्यक्ष उपेन्द्र श्रेष्ठले बताए ।


उनिहरुले बलको आवाजबाट यो खेल खेल्ने गरेका छन् । बि १,बि २,बि ३ को अनुसार समुह बनाईएको छ । जसमा बि १ भनेको केहि देख्न नसक्ने ४ जना, बि २मा ५ मि.सम्म देख्न सकिन्छ सो मा ३ जना , बि ३ २० सम्म देख्न सकिन्छ यहाँ ४ जना गरी ११ जनाको समुह बनाई खेलाईएको कोषध्यक्ष श्रेष्ठको भनाई छ ।
उनले भने,“ यो तालिमले दृष्टिविहीन भएका बालबालिकाको व्यवहारमा समेत केहि परीर्वतन आएको छ । बोल्न लजाउने बालबालिकाहरु यो तालिमा घुलमिल भएपछि बोल्न सक्ने भएका छन् । दृष्टिविहीन हामि मात्रै होईन हामि जस्ता व्यतिm थुपै छन् । हामिले पनि केहि गर्न सक्छौँ भन्ने मनोबल उनिहरुमा आएको छ । ”


काठमाण्डौँबाट गिता पौडेल र विमला राई दुई जनाले उनिहरुहरुलाई क्रिकेट सिकाईरहेका छन् । यो तालिमबाट चौतारामा एउटा क्लव गठन हुनेछ । र अन्य जिल्लामा पनि क्लब गठन गरी जम्मा ६ समुह बनाएर प्रतिस्पर्धा गराउँने लक्ष्य रहेको आयोजक संघले जनाएको छ ।
नेत्रहीन क्रिकेट संघ नेपालको स्थापना २०६३ सालमा भएको हो ।

संघले दृष्टिविहीन व्यक्तिहरुको क्रिकेट खेललगायत अपाङ्गता खेलकुदको विकास, विस्तार र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । विश्वमा दृष्टिविहीन महिला क्रिकेट टोलीको सुरुआत नेपालबाटै भएको हो । संघको स्थापना भएयता नेत्रहीन क्रिकेटको पुरुषतर्फको विश्वकप, एसिया कपलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले महत्त्वपूर्ण सफलता हात पार्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्