२०८३ भाद्र १६

रसुवा बाढी : उद्धार र राहतका लागि त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थिक सहयोग

सिन्धुपाल्चोक । रसुवाको विनाशकारी बाढीबाट प्रभावितको उद्धार र राहतका लागि सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।
जसमा जनप्रतिनिधिको १५ दिनबराबरको सेवा–सुविधा समावेश गरिनेछ । त्यस्तै गाउँपालिकाअन्तर्गत कार्यरत शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीको पारिश्रमिकबाट स्वेच्छिक रूपमा रकम संकलन गरिने गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्