२०८१ श्रावण १२
                           

निर्यात परिषदको अध्यक्षमा नरेशलाल श्रेष्ठ

नेपाल निर्यात परिषदको अध्यक्षमा सिन्धुपाल्चोक बाह्रबिसेका नरेशलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । परिषदको २६ औं साधारणसभाले श्रेष्ठ सहित परिषदको कार्यसमितिमा १५ जना सदस्य चयन भएका छन् ।

परिषदको प्रथम उपाध्यक्षमा डा. रामशरण थपलिया, द्वितीय उपाध्यक्षमा हरिप्रसाद ढकाल, महासचिवमा हरि प्रसाद ढकाल र कोषाध्यक्षमा कन्हैयालाल शाह चयन भएका हुन् ।

परिषदको सचिवमा राजु बानियाँ र सह कोषाध्यक्षमा वसन्तराज अधिकारि र कार्यसमिति सदस्यमा भने अमृतमान श्रेष्ठ, हरिशरण भेटवाल, सरस्वती सेढाई त्रिपाठी, रामकुमार थपलिया र प्रविन मान श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्