२०८१ श्रावण १२
                           

रास्वपाको नगर सभापतिमा रविन श्रेष्ठ सर्वसम्मत चयन

सिन्धुपाल्चोक ,४ चैत
शनिबार चौतारामा आयोजित रास्वपाको नगर भेलाले चौतारा साँगाचोकगढी नगर सभापतिमा वडा नं ५ का रविन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।यस्तै उपाध्यक्ष, सचिब र कोषध्यक्षमा उत्तम ठकुरी, कृष्णबहादुर गिरी र शान्ती थिङ चयन भएका छन भने सदस्यहरुमा राजकुमार थापा, हरिबहादुर थापा, आशिष गुरुङ,कृष्ण गिरी, देवि दुलाल र सीता गिरी रहेका छन् ।

साथै चौतारामा आयोजित रास्वपाको नगर भेलालाई सम्बाेधन गदै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेको पार्टी नभएको र रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गर्नु भएकाे छ।

कार्यक्रममा साँसद ढाकाकुमार श्रेष्ठ, केन्द्रीय संगठन विभाग सचिब शंकर श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष डा अच्युतम लामिछाने, बागमती प्रदेश प्रवक्ता प्रशान्त अर्याल, कृष्णमान श्रेष्ठ, स्थानीय उत्तम ठकुरी, शान्ती थिङ, दीपकराज गिरी, विमल गिरी लगायत वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम जिल्ला संयोजक माया गुरुङको सभापतित्वमा भएको हाे।

प्रतिक्रिया दिनुहोस्