२०८१ श्रावण १२
                           

पाँचपोखरी स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सकियो

सिन्धुपाल्चोक ,७ फागुन
पाँचपोखरी थाङपाल गाउपलिका स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा युगलतर्फ अनिश गुरुङ र दिपेन्द्र दुलालको जोडि प्रथम भएका छन् । बाबुलाल तामाङ र नारायण थापाको जोडि दोस्रो र सनि लामा र सञ्जा गोले र रामप्रसाद न्यौपाने र रमेश केसीको जोडि तेस्रो भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।

यस्तै एकलतर्फ अनिश गुरुङ प्रथम, दिपेन्द्र दुलाल दोस्रो, नबिन थापा र जगदिश श्रेष्ठ तेस्रो भएका छन् । पाँचपोखरी खेलकुद बिकास समितिको आयोजनामा ५ गतेबाट रैथाने खेल मैदानमा सुरु भएको प्रतियोगितामा युगल र एकल तर्फगरि दुई विधामा गरी आईतबार सम्पन्न भयो ।

प्रतियोगिताका आयोजक पाँचपोखरी खेलकुद बिकास समितिले खेल मैदान लगायत आवश्यक सामग्री सहयोग गर्नु हुने थाङ्पाल भ्याली माबि, सुरक्षा कर्मी, स्वास्थ्य कर्मी र थाङ्पालकोट ब्याडमिन्टन क्लबका सबैलाई धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्