२०८१ श्रावण १२
                           

शिक्षा क्षेत्रमा सुधारको योजना अघि वढाउदै चौतारा साँगाचोकगढी नगरपालिका

पौष २१ — चौतारा साँगाचोकगढी नगरपालिकाले शिक्षा क्षेत्रमा सुधारको योजनालाई निर्णयार्थ अघि वढाउने भएको छ । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा आज विहिबार बसेको नगर शिक्षा समितिको बैठकले नक्सांकन तथा अनुगमनका प्रतिवदेन माथी छलफल गरेको छ । शिक्षा सामतीको बैठकमा वडा अध्यक्षहरु ,शिक्षक महासंघ र शिक्षकहरुको पेशागत संगठनका प्रतिनिधिसँग राय सुझाव संकलन गर्दै नीतिगत प्रतिवद्धताको लागी प्रस्ताव गरेको छ ।

यस अघि नगरपालिका भित्र रहेका ८१ वटै विद्यालयमा पुगेर नगर उपप्रमुख सिता थापाको नेतृत्वमा सामाजिक विकास समिति ,शिक्षक महांसघ ,शिक्षा शाखा प्रमुख तथा प्रतिनिधि र सम्बन्धीत वडा अध्यक्षको सहभागितामा अध्ययन ,अनुगमन र निरीक्षण गरीएको थियो । सो क्रममा विद्यालयको भौतिक दुरी र संरचना, विद्यार्थी सङ्ख्या ,शिक्षक दरवन्दी ,चल अचल सम्पती, प्रशासनिक व्यवस्थापकीय पक्षहरुको पक्षलाई मसिनो ढंगले केलाइएको थियो ।

प्रतिवेदनले विद्यालयमा शिक्षक दरवन्दी थप घट गर्नुपर्ने देखिएको उप प्रमुख सिता थापाले बताउनु भयो । छलफलबाट विद्यार्थी संख्या कम र शिक्षक दरबन्दी बढी भएका विद्यालयहरुमा अनुपातका आधारमा निर्णय गर्ने नगरपालिको प्रतिवेदनको प्रस्ताव सकारात्मक भएकोले यो कार्यलाई कार्यन्वयनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरीएको उप प्रमुख थापाले बताउनु भयो । प्रतिवेदनमाथि एथेष्ठ छलफल तथा अन्तरक्रिया गर्न वडा स्तरीय शिक्षा समितिको बैठक बस्ने भएको छ । बैठकले छलफललाई निरन्तरता दिदै क्रमश निर्णय कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्