२०८१ आश्विन २
                           

निशुल्क दन्त शिविरमा १ हजार ५१ ले सेवा लिए

८ भाद्र – निशुल्क दन्त शिविर बोर्ड अफ डाइरेक्टर ब्य्राण्ड फर्ड कनेक्टीकट अमेरिकाको जनप्रतिनिधि राम चन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । चौताराकी सरोजा श्रेष्ठले ब्यक्तिगत खर्चले सेवा गर्ने उद्धेश्यले आयोजना गरेको सो शिविरमा १ हजार ५१ जनाले सेवा लिएका छन् । महिला शशक्तिकरण तथा बालबालिका उत्थान समाजको आयोजनामा शुक्रबार र शनिबार दुई दिन शिविर सन्चालन गरिएको थियो । दन्त शिविर श्री कृष्ण रत्न गंगा मावि चौतारामा भएको हो ।

शिविर समापनको अवसरमा बोल्दै बोर्ड अफ डाइरेक्टर राम चन्द श्रेष्ठले अहिलेको जमाना पनि निशुल्क आफनो निस्वार्थ भावले ब्यक्तिगत खर्चमा शिविर आयोजना गरी सक्दो सेवा दिनसक्ने भनेको दिल भएको मान्छेले मात्र सक्ने बताए । श्रेष्ठले संस्थाकी अध्यक्ष सरोजाको समाज प्रतिको सेवाको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले कार्ययोजना सहित प्रस्ताव पेश गरेमा आफुले सहयोग गर्ने बताए । उनले सिन्धुपाल्चोकमा आफ्नो जन्मभूमिलाई सम्झेर समाजिक कार्य गर्दै आइरहेको छ ।

कार्यक्रममा चौतारा साँगाचोक गढी नगरपालिकाकी कार्यवाहक मेयर सीता थापा, वडाअध्यक्षहरू शिव श्रेष्ठ, सुदिप श्रेष्ठ, उद्धव नेपाल, टेक बहादुर तामाङ, विद्यालयका प्रधानध्यापक डम्बर श्रेष्ठ , दन्त चिकित्सक स्थानिय लगायतको सहभागीता थियो ।स्थानिय बासीको सेवा गर्ने उदेश्यले स्थापना भएको संस्थाले अहिले दन्त शिविर आयोजना गरेको र आगामी दिनमा थप समाजिक कार्य गर्दै जाने संस्थाकी अध्यक्ष सरोजा श्रेष्ठले बताइन् । साथै शिविर सम्पन्न गर्न साथ सहयोग गर्नेहरूप्रति धन्यवाद ब्यक्त गरिन ।

दन्त शिविरमा बालबालिका, किशोर किशोरी, वयस्क तथा ज्येष्ठ नागरिकको बाक्लो उपस्थिति रहेको थियो । दन्त शिविरमा प्रेसर, सुगर जाँच , दाँत सफा गर्ने, दाँत निकाल्ने र दाँत सम्बन्धि डेन्टीसले परामर्श दिएका थिए । निशुल्क सेवा पाएपछि स्थानिय खुशी भएका छन् । ऊँ समाज डेन्टल हस्पिटलको सहकार्यमा दन्त शिविर भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्