२०८१ श्रावण १२
                           

छुट्टै टोलीमा सुकुटे आएकि युवती बलात्कृत , आरोपित ३ जना पक्राउ

असार २० —      जवरजस्ती करणी कसूर आरोपमा ३ जना मानिस पक्राउ परेका छन् । असार १८ गते सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.९ सुकुटे स्थित रहेको सुकुटे बिच एड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिलालाई जवरजस्ती करणी गरेको आरोपमा उनिहरु प्रक्राउ परेका हुन् ।

काठमाण्डौ महानगरपालिका १४ कंलकी वस्ने वर्ष १८ को प्रिन्स थपलिया, सोहि स्थानका रुस कार्की र २६ को सुलभ क्षेत्रीलाई पक्राउ गरेको हो । वर्ष २६ कि महिलालाई रिसोर्टमा गेष्टको रुपमा आएका उनिहरुले जवरजस्ती करणी गरि फरार भएका थिए । छुट्टै टोलीमा सुकुटे आएकि युवती आराम गर्न दिउसो टेन्टमा सुतिरहेको अवस्थामा क्षेत्रीले बलात्कार गरेको र थपलिया र कार्की भने मतियारको रुपमा साथ दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । आरोपीहरु भने एकै टोलिको रुपमा सुकुटे आएका थिए ।

जवरजस्ती करणी गरि फरार भएको भन्ने जाहेरीको आधारमा प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा काठमाण्डौ कंलकीबाट आईतबार नियन्त्रणमा लिईएको हो ।
सोमबार आज सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्