२०८१ श्रावण १२
                           

ब्रम्हायणी नदिमा फेला परेको पुरुषको शब सशस्त्र प्रहरी र गोताखोर टोलीले निकाले

चैत्र ७ , बलेफी । गत ४ गतेदेखि हराएका एक पुरुषको शब फेला परेको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. २ का वीर बहादुर विकको शब मंगलबार झोलोङ्गेमा फेला परेको हो ।

सशस्त्र प्रहरी र गोताखोर टोलीले ब्रम्हायणी नदिबाट शब निकालेर सनाखत गरेको हो । सशस्त्र प्रहरी गण नं. १६ बन्देउका सशस्त्र प्रहरी निरीक्षक केदार क्षेत्रीको नेतृत्वमा खटेको २० जना टोली र र काठमाडौंबाट आएका ७ जना गोताखोर टोली घट्ना स्थलमा खटिएका थिए ।
बलेफी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष छविलाल न्यौपानेको रोहवरमा बीर बहादुरको शब परिवारलाई बुझाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्