२०८१ श्रावण १२
                           

कोरोनाको शंकास्पद् परिवार क्वारेन्टाइनमा

चौतारा- कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको लिसंखुपाखर गाउँपालिकामा एक जना महिलालाई आइसोलेसनमा राखिएलगत्तै उनको परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
उनी गत फागुन ३० गते ओमानबाट काठमाण्डौ आईपुगे लगतै भोलिपल्ट चैत १ गते लिसंखुपाखर आफनो घर पुगेकी थिईन् । घरमायसकारण ती महिलाई आईसोलेसन वार्डमा राख्न सिन्धु सदाबहार अस्पतालले सुझाव दिएका थिए । उनलाई अहिले चौतारामा रहेको आईसोलेशन वार्डमा राखिएको छ । श्वाब परीक्षणका लागि सोमबार काठमाण्डौ पठाइएको र रिर्पोट आउन बाँकी रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादक्त चापागाईले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।
उनलाई आइसोलेसनमा राखिए लगत्तै परिवारमा पनि संक्रमण हुन सक्ने भन्दै परिवारका सबै सदस्यहरुलाई सुनकोशी गाउँपालिका स्थित खाडिचौर तीन किलोमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा लगिएको छ । ग्रामीण महिला सृजनशिल परिवारको कार्यालयमा रहेको क्वारेन्टाइनमा परिवारका ३ जनालाई सोमाबार लगिएको हो । नेपाल रेडक्रस सोसाईटीको एम्बुलेन्सले उनीहरुलाई क्वारेन्टाइनसम्म पुर्याईएको थियो । क्वारेन्टाइनमा उनीहरुको नियमित स्वास्थ्य परीक्षण भइरहेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्