२०८१ आश्विन २
                           

१९ वर्षमुनिको विश्वकप क्रिकेट एसिया छनोट नेपालले आयोजना गर्ने

१ भाद्र  – नेपालले आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट एसिया छनोट–२०२५ को आयोजना गर्ने भएको छ । आउँदो अप्रिल १२ देखि २१ तारिखसम्म हुने छनोट प्रतियोगिता आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

क्यानका अनुसार, छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी १९ वर्षमुनिको पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्