२०८१ चैत्र ११
                           

सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले शक्तिशाली भूकम्प गए पनि अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको बताए ।

आत्तिएर भाग्ने क्रममा लड्दा एक जना कैदीको हात भाँचिएको र उनको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ ।

त्यस्तै भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । अरु विवरण आउन बाँकी छ । प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना सङ्कलन गर्न भनेको छ ।

यसैबीच, भूकम्पको परकम्प जाने क्रम जारी छ । बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्