शाखाबाट अनुदान कार्यक्रम अन्तर्गत मिनी ट्रिलर ६६ थान, प्लास्टिक टनेल ५ सय ६० थान, ब्याट्री स्प्रेयर १ सय ११ र प्लास्टिक पोखरी १८ गरी जम्मा ७ सय ५५ थान सामग्री वितरण गरिएको हो ।
कृषि सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले कृषि उत्पादन बढाउँदै व्यवसायीकरणतर्फ जानु पर्नेमा जोड दिनुभयाे । उहाले यसका लागि वितरित कृषि सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गरे । कृषिलाई व्यवसाय उन्मुख बनाउन उत्पादन बढाउनुपर्ने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्