२०८१ श्रावण १२
                           

सरकारले हेलम्बुकाे दु:ख देखेन : पुर्व मन्त्री तामाङ

सिन्धुपाल्चोक, ६ पुस

सरकारले हेलम्बुकाे ब्यथा नदेखेकाे पुर्व मन्त्री शेरबहादुर तामाङले बताउनुभएको छ । ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा उद्घाटन तथा प्राण- प्रतिष्ठा `राब्ने´ पुजा कार्यक्रममा अाफ्नाे भनाईहरू राख्दै पुर्वमन्त्री तथा नेकपा एमालेका स्थाई कमिटि सदस्य तामाङले हेलम्बु मेलम्चीकाे बाटाे तहसनसह भएकाे र यस क्षेत्रमा सरकारले चासाे नदेखाएकाे बताउनुभयो । “सरकारले काठमाण्डाैमा पानीकाे धाराकाे टुटी खाेल्याे तर हेलम्बुकाे बेथा देखेन”, तामाङले भन्नुभयो । “गुम्बा जति ठडाउँछाैँ त्यतिनै हाम्राे शिर ठडिन्छ”, तामाङले भन्नुभयो “सरकारले धरहरा बनाउन चासाे देखायाे तर गुम्बा निर्माणमा चासाे देखाएन” ।

भुकम्पले हेलम्बुका धेरै कुराहरू क्षति भएकाे बताउँदै उनले गुम्वा उद्वाटन भएकाेमा खुसी ब्यक्त गर्नुभयो । भुकम्प पछि सबै राजनीतिक दलहरू एक भएकाले नाकाेतेकाे गुम्बा निर्माण पनि अन्तिम चरणमा पुगेकाे जानकारी दिनुभयो । हेलम्बुकाे बिकासकाे लागि २०,३० लाख बजेट मात्र हाल्ने काम भएकाे तर दिर्घकालिन रूपमा काम नभएकाे उहाँको भनाई छ ।

सबै राजनीतिक दल मिलेर हेलम्बुकाे बाटाे पिच गर्न तर्फ लाग्नु अहिलेकाे हेलम्बुकाे माग भएकाे उनले बताउनुभयो । “हेलम्बु भनेकाे भगवान बस्ने ठाउँ हाे । सबै सरकार मिलेर याे ठाउँ बनाउनु पर्छ । दिर्घकालिन याेजना ल्याएर मात्र यहाँकाे बिकास सम्भब छ । यहाँका उत्पादित सामानहरू काठमाण्डाै पुराउन सकियाेस”, तामाङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्