२०८१ फाल्गुन ४
                           

नवनियुक्त अध्यक्ष दंगाल र सदस्य श्रेष्ठलाई हिराहरी तेक्वान्दोद्वारा बधाई तथा शुभकामना 

सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिका नव नियुक्त अध्यक्ष रामकृष्ण दंगाल र सदस्य रमेश श्रेष्ठलाई हिराहरी तेक्वान्दो डोजाङ्गको नियमित कार्यक्रम अन्तर्गत ग्रेडिङको अवसर परेर बधाई तथा शुभकामना पत्र प्रदान गरि बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

अध्यक्ष दंगाल पुर्व खेलाडी हुन् भने सदस्य श्रेष्ठ ब्याटमिन्टनका सक्रिय खेलाडी , निर्णायकको रुपमा परिचित हुनुका साथै चौतारा नगर खेलकुद विकास समितिका उपाध्यक्ष र हिराहरी तेक्वान्दो डोजाङ्ग कार्य समितिका सदस्य हुन । साथै हिराहरी तेक्वान्दो डोजाङ्गकामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ Junior Belt Promotion Test सम्पन्न भएको छ ।

कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठ , नेपाल प्रहरीका प्रतिनिधि सिनियर खेलाडीहरु आयान श्रेष्ठ बिजय तामाङ , निशान ढुंगाना, मनिष सापकोटा, अनमोल कार्की साजन घले , लाक्पा तामाङ , कुशल ढुंगाना रेहान श्रेष्ठ , शिभान्शु श्रेष्ठ र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

कार्यक्रममा सिनियर खेलाडीहरुको कोरियन प्रथम डान र दोस्रो डान प्रमाणपत्र पनि वितरण गरिएको थियो । ग्रेडिङमा हरियो निलो पेटीतर्फ साहस तामाङ , सुशान्त कसजु निलो पेटीतर्फ निभा श्रेष्ठ र साजन अधिकारीले डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ । कार्यक्रम डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले सन्चालन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्