२०८१ आश्विन २६
                           

मेलम्ची आयोजनामा दोषी ठहर भएकालाई सजाय निर्धारण

काठमाण्डौ – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका चार जना र तीन कम्पनीलाई सजाय निर्धारण गरेको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका व्यक्ति र कम्पनीलाई हिजो सजाय निर्धारण गरेको हो ।

अदालतले सजाय निर्धारण गर्दा पूर्वसचिव तथा मेलम्ची खानपानी समितिका तत्कालीन अध्यक्ष पूर्वसचिव ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही आठ वर्ष एक महिना कैद र जरिवाना १० करोड १० लाख ६१ हजार ७५ निर्धारण गरेको छ । अदालतले गएको भदौ २५ मा खानेपानी आयोजनामा भ्रष्टाचार भएको ठहर गरेको थियो । पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई जनही आठ वर्ष कैद ठहर गरिएको छ ।

अदालतले तत्कालीन खानेपानी विकास र समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई आठ वर्ष एक महिना कैद र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना र परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई आठ वर्ष कैद तर ज्येष्ठ नागरिक भएकाले दुई वर्ष कैद छुट र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना तोकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्