स्पेनिस ला लिगा फुटबलमा शनिबार राति बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिडजस्ता बलिया टोली प्रतिस्पर्धामा उत्रँदै छन्।
ला लिगामा शनिबार चार खेल हुन लागेको हो। जस अन्तर्गत पहिलो खेलमा एथ्लेटिको बिल्बाओ र भ्यालेन्सियाले आज दिउँसो ४ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्नेछन्।
दोस्रो खेलमा बार्सिलोना र गेटाफेबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा हुनेछ।
तेस्रो खेल ग्रानडा र लेगनासबीच १० बजेर १५ मिनेटमा हुनेछ भने अन्तिम खेलमा मड्रिड डर्बी भिडन्त हुनेछ। रियल मड्रिड र एथ्लेटिको मड्रिडबीचको खेल राति १२ बजेर ४५ मिनेटमा हुनेछ। एजेन्सी
प्रतिक्रिया दिनुहोस्