२०८१ श्रावण १२
                           

वडाध्यक्ष कप यू १३ युथ फुटबल प्रतियोगिताको उपाधि लामोसाँघुले जिते

२५ जेठ , सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नं ८ द्धारा आयोजित प्रथम वडा अध्यक्ष कप यू १३ युथ फुटबल प्रतियोगिताको उपाधि युथ स्पोटस क्लब लामोसाँघुले जितेका छन । खोर्सानीबारी युथ क्लवलाई हराउँदै युथ स्पोर्ट्सले जीत हाशिल गरेको हो ।

सनिवार बसन्तपुर खेल मैदानमा भएको फाइनल खेलमा निर्धारित समयमा १ -१ गोल बराबरी खेलेका थिए । ट्राइबेकरमा ५-४ को अन्तरले लामोसाघु विजेता र खोर्सानी बारी उपबिजेता बनेको हो ।

प्रथम हुने टिमलाई गाउँपालिका अध्यक्ष गंगा तामाङले पुरस्कार २२ हजार २ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । यसैगरी द्धितिय हुने समुहले ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

बालबालिकालाई खेलकुदमा सक्रिय बनाई खेलाडी उत्पादन गर्ने उद्देश्यले वडाध्यक्ष कप आयोजना गरेको वडाध्यक्ष रमेश कुमार श्रेष्ठले बताए । अहिले बालबालिकाहरु मोबाइलमा बढी केन्द्रित भएका र खेलाडी भने नभएको अवस्थामा यस प्रतियोगिताले खेल क्षेत्रमा सकारात्मक प्रभाव पर्ने श्रेष्ठले विश्वास व्यक्त गरे । सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा खेल भएको हो ।

प्रतिक्रिया दिनुहोस्