मंसिर ८ – सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेशसभा ‘क’ मा बागमति प्रदेशका पूर्व सामाजिक विकास मन्त्रि युवराज दुलाल (शरद) भारी मतले विजयी भएका छन् ।शरदले २० हजार ९ सय ६ मत पाएका छन् । उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार अमान सिं तामाङलाई ८ हजार ७ सय ६७ फराकिलो मतान्तरले पछाडि पार्दै शरद बागमति प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो । एमालेका तामाङले भने १२ हजार १ सय ३९ मत ल्याएका छन् ।
शरद माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पनि हुन् । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन । भने तामाङ विसं २०७४ को निर्वाचनमा माओवादीकै उम्मेदवार भएर चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर भएका थिए । दुलाल र तामाङ तत्कालिन समयमा एउटै पार्टी माओवादी केन्द्रमा आवद्ध थिए । तर तामाङ दुई महिना अघि मात्र माओवादी त्याग गरेर एमाले प्रवेश भएका थिए ।
प्रतिक्रिया दिनुहोस्