२०८१ आश्विन २
                           

आज इद उल फित्र मनाउँदै

चैत्र २९, इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि आज इद उल फित्र मनाउँदैछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मियता साट्ने गर्छन् ।

इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।

इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्