हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पछिल्लो एक घन्टामा बर्दियाको स्यानो श्री चेपाङ मापन केन्द्रमा ३३.२ मिलिमिटर वर्षा भएको छ । झापाको सनिश्चरेमा १२.४ मिलिमिटर, दोलखाको सिंगटीमा ९.४ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा १०.४ मिलिमिटर वर्षा मापन भएको छ ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका घेरै र बाँकी हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका घेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
राति नै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ ।
सेतोपाटीबाट
प्रतिक्रिया दिनुहोस्