सिन्धुपाल्चोक । देशभर लगातार अविरल वर्षाका कारण धेरै ठाउँहरुमा वाढी पहिरो र डुबानका घटनाहरु घटिरहेको अवस्था छ । सिन्धुपाल्चोक जिल्ला पनि विपद्को उच्च जोखिममा रही मानवीय तथा भौतिक क्षति व्यहोर्नु परेको छ ।
अहिले अधिकांश पानीका मुहानहरु दुसित भई फोहोर पानीले मानिसको स्वास्थ्यमा विभिन्न किसिमका महामारी प्रकोपका रोगहरु लाग्न सक्ने भएकोले सचेत रहन जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले सूचना मार्फत अनुरोध गरेको छ ।
पानीका मुहान तथा स्रोतहरुलाई सुरक्षित घेरा भित्र राखी स्रोत वरिपरीको वातावरण सधै सफा राख्न कार्यलयका प्रमुख दुर्गा बजगाईले अनुरोध गरिन । घर वासस्थान नजिक जोखिम युक्त ठाउँ र जोखिम युक्त बाढी, पहिरो र डुबान हुन सक्ने ठाउँहरुमा नजाने,
घरवरपरको वातावरण, शौचालय र अन्य सरसफाईमा ध्यान दिन आग्रह गरिएको हो ।
साथै आवश्यक सल्लाह, सुझाव, उपचार परामर्शको लागि नजिकैको स्वास्थ्य संस्थामा जाने र फोहोर पानीका कारण लाग्ने विभिन्न किसिमका रोगहरु जस्तैः झाडापखाला, हैजा, आँउ लगायत पानी सरूवा रोगहरुबाट बच्नका लागि पानीलाई उमालेर खाने र पानी सुद्धिकरणका घरेलु उपायहरु अपनाउन समेत बजगाईले अनुरोध गरिन ।
प्रतिक्रिया दिनुहोस्