सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको सदरमुकाम चोैतारा स्थित वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको सहयोगार्थ ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
समाजसेवी एवं जलविद्युत् व्यवसायी मोहन विक्रम कार्कीले उपलब्ध गराएको उक्त रकम सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारीको हातबाट वृद्धाश्रम सञ्चालन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको हो ।
वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको हेरचाह, दैनिक आवश्यकताहरूको व्यवस्थापन तथा आश्रम सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाइएको छ । यस्ता सामाजिक सहयोगले ज्येष्ठ नागरिकको जीवनयापन सहज बनाउन तथा समाजमा मानवीय सेवा र सहयोगको भावना अभिवृद्धि गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्