निर्मल बस्नेत
६ माघ , चौतारा । प्रेस काउन्सील नेपालले सञ्चारकर्मीहरुलाई निर्वाचन आचासंहिता पालना गर्नका लागि निर्देशन गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाका क्रियासिल पत्रकारहरुलाई सोमबार नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा एक कार्यक्रमका बिच आचासंहिता बारे जानकारी दिदै उक्त निर्देशन गरेको हो । प्रेस काउन्सील नेपालका अध्यक्ष कुमार शर्मा आचार्यले पत्रकार आचासंहिता २०७३ (पहिलो संसोधन २०७६) बमोजिम सञ्चारकर्मीहरुलाई कार्यक्षेत्रमा काम गर्दा आचारसंहिताको ख्याल ध्यान गरेर काम गर्न निर्देशन गरेका हुन् ।
वालमैत्री सञ्चार निर्देसिका र अपाङ्गतामैत्री निर्देसिका २०७३, महिला उत्तरदायी सञ्चार निर्देसिका २०७६ र जेष्ठ नागरिक मैत्री सञ्चार निर्देसिका २०७८ अनुसार समाचार संकलन तथा सुचना प्रकासन प्रशारणमा आचारसंहिता र निर्देसिकाहरुको पालना गर्न ध्यानाकर्षण गराईएको थियो ।
२०८२ माघ ४ गते राती १२ वजेबाट निर्वाचन आचारसंहिता लागु भएकोले निर्वाचन सम्वन्धि गतिविधिमा उच्च सर्तकता अपनाएर प्रस्तुत हुन समेत काउन्सिलले आग्रह गरेको छ ।

काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराले काउन्सिलमा दफा ६ को व्यवस्थाअनुसार ७ सय ५० वटा उजुरी परेको जसमध्ये ६ सय ५० वटा आचारसंहिता विपरित पाइएको जानकारी गराए । आचारसंििहता उलंघन गर्ने संचारसंस्था तथा सञ्चारकर्मीहरुलाई आवश्यक गरिएको र कतिपयलाई कारवाही प्रकृया अगाढी बढाइएको समेत जानकारी गराए ।

पछिल्लो चरण एआईलाई समेत नियमन गर्न आचासंहिता भित्र बाधेर काउसिलले अगाढी बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्