२०८१ श्रावण १२
                           

वैदेशिक रोजगार बाट फर्केपछि पाँचपोखरी खलंगाटारका युवाहरु अर्गानिक उत्पादनमा

सिन्धुपाल्चोक, ५ माघ
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका खलंगाटारका युवाहरु अर्गानिक उत्पादनबाट जिविकोपार्जनको मुख्य स्रोत बनाउन अग्रसर देखिएका छन् । रासायनिक मल र विषादीको प्रयोग भएको तारकारी बालीहरु वृद्धि भईरहेको बेला पुरानै अवस्थामा फर्कने गरी अर्गानिक उत्पादनमा कृषकहरु उत्साहित भएर लागेका छन् ।

विदेशमै १० बर्ष विताएका कामी दोर्जे तामाङ

वैदेशिक रोजगार बाट फर्केपछि यूवाहरु मिलेर पाँचपोखरी नमुना अर्गानिक कृषि फार्म संचालन गर्दै आएका छन् । बैदेशिक रोजगारको सिलसिलामा विदेशमै १० बर्ष विताएर आफ्नै गाँउमा फर्केपछि व्यवसायिक कृषिमा लागेको फार्मका संचालक कामी दोर्जे तामाङले बताउनुभयो । हामीले सामुहिक रुपमा व्यवस्थीत रुपमा तरकारी खेती गरेको देखेपछि सिँगो गाँउ नै तरकारी खेती गर्न थालेको उहाँले बताउँनुभयो ।

फार्मका कोषाध्यक्ष सविता श्रेष्ठ सिलवाल बताउँहुन्छ “विषादी मुक्त तरकारी उत्पादन गरि आफ्नै ठाउँमा वेच्ने गरेको छु । बाँकी रहेको अन्य ठाँउमा निर्यात गर्छौ । ” यस फार्म बाट गाँउकै युवाहरुले रोजगार पाएको उहाँ खुसी व्यत्त गर्नुहुन्छ ।विगत एक वर्ष अगाडि संचालनमा ल्याएको यस फर्ममा काउली,बन्द, क्याप्सिकम, गोलभेडा जस्ता विभिन्न विषादी मुक्त तरकारी उत्पादन गर्दै आएका छन् । अहिले १८ रोपनीमा संचालन गरेको यस फार्म ५० रोपनी सम्म विस्तार गर्ने संचालकहरुको योजना रहेको छ ।

बाहिरा बाट निर्यात गरेको तरकारीको भाउ सँग अर्गानिक उत्पादन ले प्रतिस्पर्धा गर्नुपर्दा व्यवसायिक रुपमा आम्दनी गर्न कठिन रहेको संचालक दिर्खा तामाङले बताउनु भयो । अर्गानिक उत्पादनलाई वृद्धि गराई बाहिरा बाट आयत गर्ने तरकारीलाई निरुत्साहित गर्न पालिकाले कदम चाल्नुपर्ने उहाँको माग रहेको छ ।

स्थानिय उत्पादनलाई जोड् दिदै हरेक वडालाई गाँउपालिकाले कृषि पकेट क्षेत्र तोकेर योजना वद्ध काम गर्दै आएको छ । स्थानिय बालिका जात र नश्लको प्रयोग गरि प्राङ्गारिक कृषि प्रबिधिमा कृषकलाई जोड्दै लाने उद्धेश्यले गाँउपालिकाको समन्वयमा ग्रामिण समाज कल्याण नेपालको आर्थिक सहयोगमा यो नमुना फर्म संचालनमा छन् । यस फार्मका कृषकहरुलाई प्रविधि सँग जोड्न र आधुनिक किसिमले तरकारी उत्पादन गर्न एक जना प्राविधिक समेत कार्यरत छन् ।

गाँउपालिकाले आर्गनिक उत्पादनलाई विशेष प्राथमिकता

गाँउपालिकाले आर्गनिक उत्पादनलाई विशेष प्राथमिकता राख्दै कृषिलाई पर्यटन सँग जोड्ने कामहरु गरिरहेका छन् । स्थानिय वातावरणमा सुहाउँदो, प्राबिधिक हिसाबले उपयुक्त र स्थानिय समुदायले काम गरेर आम्दानी गर्नका आर्गनिक प्रमाणिकरण प्रकिया सम्बन्धि आर्गनिक ईनेस्पेक्टोर तालिम समेत संचालन गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्