२०८२ माघ ९

गुन्सा स्थित कुम्भेश्वरी आ.वि.का १६५ विद्यार्थीलाई ट्रयाक सुट वितरण

गुन्सा (सिन्धुपाल्चोक) – पाँचपोखरी थाङ्पाल गाउँपालिकाको गुन्साका विद्यार्थीका अनुहारमा मुस्कान छाएको छ । श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्रयाक सुट वितरण गरिएपछि विद्यालयले जनाएको छ ।

बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री युवराज दुलालले एक विशेष कार्यक्रमबीच विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गरे ।  दुर्गम क्षेत्रमा शिक्षा हासिल गरिरहेका बालबालिकाको आवश्यकता बुझेर गरिएको यो सहयोग गरिउको दुलालको भनाई छ । “चिसोले गर्दा कुनै पनि बालबालिकाको पढाइ रोकिनु हुँदैन,” सांसद दुलालले भने, “यदि कसैलाई विद्यालय जान समस्या छ भने हामी अभिभावकको भूमिकामा साथ दिन तयार छौं।” उनले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन आग्रह गर्दै गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसद दुलालले महेन्द्र घोरासैनी, काभ्रेका विष्णु गौतम, बाराका विनोद प्रसाद गुप्ता तथा धर्मसागर ढकालप्रति हार्दिक आभार व्यक्त गरे । “आफुले गरेको आग्हमा उहाँहरूको मनैदेखि गर्नुभएको सहयोगले आज यी बालबालिकाको जाडो सहज बनेको छ,” उनले भने ।

605538185_1425640228922493_6313791057487499933_n1767186626.jpg

दुलालले विगतमा आफू सामाजिक विकास मन्त्री हुँदा गाँउपालिकाकै नमुना विद्यालयका लागि जग्गा प्राप्तिदेखि पूर्वाधार निर्माण, बजेट व्यवस्थापन र विद्यालय बसको व्यवस्था गरिएको स्मरण गराउँदै शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।

विद्यालय प्रशासनले यस सहयोगले विद्यार्थीको नियमित उपस्थिती र अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा वडा अध्यक्ष काले गोले, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।
जाडोको चिसोबीच न्यानो कपडासँगै आएको यो सहकार्यले गुन्साका बालबालिकामा खुशि थपेको छ ।

 

रेडियो सिन्धुुबाट

प्रतिक्रिया दिनुहोस्