२०८१ बैशाख २३

आफ्नै प्रशासनिक भवनमा सर्दै बलेफी गाउँपालिका

२७ चैत, सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिकाले आगामी नयाँ वर्षमा आफ्नै प्रशासनिक भवनबाट सेवा दिने तयारी गरेको छ ।

भवन निर्माणको सम्पूर्ण काम सम्पन्न भएकोले २०८१ साल वैशाखदेखि नै नयाँ भवनबाट सेवा सुचारु गर्ने गरी तयारी भइरहेका गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ प्रवेशले जानकारी दिए ।

बलेफी गाउँपालिकाको बलेफी बजार नजिकै वडा नं ५ को बागले गाउँमा निर्माण सम्पन्न अत्याधुनिक प्रशासनिक भवनमा सर्ने अन्तिम तयारी भइरहेको अध्यक्ष तामाङको भनाई छ ।

‘भवनको काम सकियो, जनप्रतिनिधि, कर्मचारी बस्ने कक्षहरुको सजावटको काम चलिरहेको, आगामी वैशाख भित्रै नयाँ भवनबाट सेवा सुचारु गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं’ अध्यक्ष तामाङले भने ।

गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासनिक भवनमा २४ वटा कोठा र एउटा हल रहेको छ । कम्पाउण्डभित्र ६ वटा कोठा र एउटा भान्छा सहितको आवास भवन समेत बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्