२०८१ श्रावण १२
                           

गठबन्धनका साझा उम्मेदवार जिताउन आफूले जिम्मा लिने सुनकोसीका निवर्तमान अध्यक्ष जिसिको उद्घोष

१२ कार्तिक, सुनकोसी गाउँपालिकाका पूर्व अध्यक्ष श्रवण कुमार जिसिले गठबन्धनका साझा उम्मेदवार जिताउन आफूले जिम्मा लिने उद्घोष गर्नुभएको छ।
लोकतान्त्रिक वाम गठबन्धनले सनिवार सुनकोसी ६ थुम्पाखरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै जिसिले विगतका तितामिठा थाती राखेर गठबन्धनका उम्मेदवार जिताउने बताउनुभयो ।
ूगठबन्धनका उम्मेदवारलाई सुनकोसीको ७० प्रतिशत भोट खस्छ, त्यसको जिम्मेवारी म लिन्छुू उहाँले भन्नुभयो।


नेता भुपेन्द्र थापाले काङ्ग्रेसले ब्यक्तिको नभएर पार्टीको आदेश मान्ने बताउनुभयो । उहा ले अब गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको समेत बताउनुभयो।
कार्यक्रममा सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार एवम् माओवादी पोलिटब्युरो सदस्य माधव सापकोटा सुबोध, प्रदेश सभा १ का उम्मेदवार मसिना खड्का भण्डारी, प्रदेश सभा २ का उम्मेदवार सरल सहयात्रीलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्