एसवाइ प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणको लागि ४० लाख ४६ हजार सेयर बिक्री खुला गर्ने भएको हो।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गरिसकेको छ।
आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर छिटोमा कात्तिक २३ गते र ढिलोमा मंसिर ३ गतेसम्म बिक्री खुला हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।
सेतोपाटी बाट
प्रतिक्रिया दिनुहोस्